×

NMB BANK
NIC ASIA

मूल्यवृद्धिको विरोधमा विराटनगरका निवर्तमान मेयर पराजुली सडकमा

जेठ १०, २०७९

NTC
Premier Steels

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली सडकमा उत्रिएका छन् ।

Muktinath Bank

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनले विरोध गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । उनी आफ्नै पार्टी नेतृत्वको सरकारको विरोधमा उत्रिएका छन् ।


Advertisment
Nabil box
Kumari

आफ्नै सरकार भए पनि गलत कामको विरोध गर्नु सचेत नागरिकको कर्तव्य भएको उनले बताए । ‘सरकारले गलत गर्छ भने केन्द्रीय सदस्य भए पनि गलत कामको विरोध गर्नु नैसर्गिक अधिकार हो,’ उनले भने ।

Vianet communication

विराटनगरका सचेत नागरिकले मूल्यवृद्धिको विरोध गरेको उनले बताए । विराटनगरमै स्थानीयले १ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । 

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि खाली सिलिन्डरसहित विराटनगरमा विरोध प्रदर्शन गरेको छ । विवेकशील साझा पार्टीले पनि विरोध गरेको छ ।

जेठ ८ गतेदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x