चैत ६, २०८०
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
काठमाडाैं | चैत १५, २०८०
बरहथवा–सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् ।
बिहीवारदेखि शुरू भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले बताए । ‘परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ”, उहाँले भन्नुभयो, “हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ ।’
यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार छ हजार सात सय ८३ छात्रा र चार हजार एक सय १३ छात्रले परीक्षा दिइरहेका हुन् । एक सय ५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन् । जिल्लाका एक सय पाँच सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसइईमा सहभागिता जनाएका छन् ।
एकाइका अनुसार सामुदायिक विद्यालयबाट नौ हजार पाँच सय ६२ र संस्थागत तर्फबाट एक हजार तीन सय ३४ छात्रछात्रा एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख महतोले जानकारी दिए ।
यस्तै जिल्लामा यस वर्ष ३८ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ३७ परीक्षा केन्द्र तोकिएकामा यस वर्ष हरिपुर नगरपालिका–१ लक्ष्मीपुरस्थित रामऔतार लक्ष्मीनिया मावि हजारबिगाह थपिएर ३८ पुगेको समन्वय एकाइका प्राविधिक सहायक सुनिल कुशवाहले बताए ।
यस वर्ष परीक्षा सञ्चालनका लागि यहाँ ३८ केन्द्राध्यक्ष, ७३ सहायक केन्द्राध्यक्ष, पाँच सय ४४ निरीक्षक, एक सय तीन सय परीक्षा सहायक र अन्य गरी एक हजार १६ जनशक्ति परिचालन गरिएको छ । परीक्षालाई अनुशासित र मर्यादित बनाउन सबैसगँ समन्वय गरिएको उनले बताए ।
एक छात्रले प्रहरी हिरासतबाटै परीक्षा दिए
यस्तै सर्लाहीमा एक छात्रले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिएका छन् । बागमती नगरपालिका–२ निवासी एक छात्रले इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाटै परीक्षा दिएको इलाका प्रहरी कार्यालयका प्रमुख अनिलराज गिरीले जानकारी दिए ।
आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका लागि हिरासतमै परीक्षाको व्यवस्था मिलाइको प्रहरीले जनाएको छ । –रासस–
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...