×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा नयाँ सरकार गठन

केन्द्रबाट ’सिग्नल’ आएपछि नेकपा एसका सोडारीलाई समर्थन गर्दै एमाले, मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी

धनगढी | बैशाख ६, २०८१

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले नेकपा एसका दीर्घ सोडारीलाई समर्थन गर्ने भएको छ ।

Muktinath Bank

केन्द्रबाट ’सिग्नल’ आएपछि एमालेले नेकपा एसका संसदीय दलका नेता सोडारीलाई समर्थन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले समर्थन गरेपछि सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

एमाले, माओवादी नेकपा एस र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले बिहीवार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका हुन् । नाउभित्रको विवादले मुख्यमन्त्री नेकपा एसको पेल्टामा गएपनि दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले अडान लिएको थियो ।

Vianet communication

मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने अन्तिम दिन बिहीवार एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा सोडारीकै नाममा सहमति जुटेपछि एमालेले पनि मुख्यमन्त्रीमा उनलाई सघाउने भएको हो ।

'केन्द्रको निर्देशनपछि हामीले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गरेका छौं।  यसअघि पनि हामीबीच विवाद थिएन । केन्द्रमा छलफल भइरहेको विषय भएको हुनाले यसमा हामी बोलेका थिएनौं । केन्द्रबाटै निर्णय भएपछि त्यहीअनुरूप हामी अगाडि बढ्दैछौँ, एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले भने।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x