×

NMB BANK
NIC ASIA

नेविसङ्घ ५५औँ स्थापना दिवस : तदर्थ कार्यसमितिकै भर

काठमाडाैं | बैशाख ६, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को ५५औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइयो  । एक दलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि नेपाली कांग्रेसले विद्यार्थी वर्गलाई सङ्गठित रुपमा अगाडि बढाउनका लागि नेविसङ्घको स्थापना विसं २०२७ वैशाख ६ गते जेलभित्र भएको थियो । पञ्चायती शासनमा पिल्सिएका नेपाली र त्यसमा पनि जागरूक विद्यार्थीले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी सङ्घको चित्र कोर्ने प्रयास भए पनि आधिकारिक रुपमा भने विसं २०२७ मा स्थापना भएको थियो ।

Muktinath Bank

नेविसङ्घले देशमा भएका विभिन्न राजनीतिक एवम् शैक्षिक परिवर्तनको नेतृत्व लिदैँ २०४६ र २०६२ र ०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएको थियो । नेविसङ्घको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनमध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा कांग्रेसले आफ्नो बहुदलीय ‘एजेन्डा’लाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेन्डामा टेकेर विद्रोह गर्न नेविसङ्घ स्थापना भएको थियो ।


Advertisment
Nabil box
Kumari

नेविसङ्घको संस्थापक अध्यक्ष विपिन कोइराला हुन् । त्यसपछि शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण, नैनसिंह महर, राजीव ढुङ्गाना र दुजाङ शेर्पा अध्यक्ष बने । नेविसङ्घको ५५ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरू अध्यक्षले समयमा अधिवेशन गर्न नसकेको इतिहास छ ।
      
यस्तै, विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए।

Vianet communication

विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् । राजीव ढुङ्गाना भने तदर्थ समितिको अध्यक्ष भए पनि निर्वाचन गर्न सकेनन् । ५५ वर्ष इतिहास बोकेको नेविसङ्घ पछिल्लो समय विगत पाँच वर्षदेखि तदर्थ कार्यसमितिको भरमा चलिरहेको छ । ११औँ महाधिवेशनबाट नेतृत्वमा पुगेका नैनसिंह महरलाई हटाएर विसं २०७६ माघ १६ गते राजीव ढुङ्गानालाई तदर्थ समितिको अध्यक्ष बनाएसँगै हालसम्म पनि नेविसङ्घ तदर्थ कार्यसमितिको भरमै चलिरहेको छ । राजीव ढुङ्गानापछि विसं २०७८ चैत ९ गते दुजाङ शेर्पा नेविसङ्घ तदर्थ कार्यसमितिको अध्यक्ष बनेका थिए तर उनले पनि दुई वर्ष बितिसक्दा पनि नेविसङ्घको महाधिवेशन गर्न नसकेका हुन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x