मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडाैं | बैशाख ८, २०८१
सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुख्य विषयमा प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै वामपन्थी एकता वा ध्रवीकरण उचित नभएको बताएका छन् ।
शनिवार ललितपुरको गोदावरीमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले गम्भीर समस्या समाधानमा सबै दलबीच संवाद आवश्यक भएकोले यस्ता एकता र ध्रुवीकरण तत्काल आवश्यक नहुने बताएका हुन् ।
‘मुलुकमा जस्ता गम्भीर समस्याहरू छन्, तिनको समाधानका लागि सबै राजनीतिक पार्टीमाझ निरन्तर संवाद आवश्यक छ । मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ । अनि, विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ,’ उनको राजनीतिक शक्ति सन्तुलन र पार्टीहरूबीचको सम्बन्ध शीर्षको प्रस्तावमा उल्लेख छ, ‘त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन ।’
सहकार्य र विश्वासको वातावरण बने विचार मिल्ने एक ठाउँमा आउन सक्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बताएका छन् ।
‘सहकार्य गहिरो र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकैठाउँ हुँदै जानेछन्,’ उनले भनेका छन्, ‘त्यसो हुनुपनि पर्छ । तर आजका दिनमा भने सबै सकारात्मक शक्तिलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’
२१ फागुनमा सत्ता समीकरण बदलेर वामपन्थीबीच एकतासम्मै पुग्नेसम्मको तयारी गरेको नेकपा (माओवादी केन्द्र)लाई ओलीले रातो झण्डा देखाएका हुन् ।
पछिल्लो सत्ता समीकरणका निश्चित उद्देश्यमात्रै रहेको भन्दै ओलीले एकतासम्मै पुग्ने कुनै तयारी नरहेको प्रष्टै सन्देश प्रस्तावमा दिएका छन् ।
‘यो सत्ता सहकार्य मुलुकका समस्या समाधानका लागि हो– सत्ता परिवर्तन या प्राप्तिका लागि मात्रै होइन । यो राष्ट्रियतालाई बलियो बनाउने र राष्ट्रियहित र स्वाभिमानको रक्षा गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने, लोकतन्त्रको रक्षा र विकास गर्ने, विकास र समृद्धिको यात्रालाई गति दिने तथा जनतामा आशा र भरोसा जगाउने साझा सङ्कल्पका साथ स्थापना भएको समीकरण हो,’ प्रस्तावमा उल्लेख छ, ‘यसलाई निश्चित राजनीतिक विचारधाराले भन्दा पनि यिनै विषयहरुले दिशानिर्देश गरिरहेका छन् ।’
हिजोको गठबन्धनले प्रतिपक्षी एमालेसँग मुडभेडको नीति लिएपनि एमाले सबैसँग सार्थक संवादको पक्षमा रहेको पनि प्रस्तावमा उल्लेख गरिएको छ ।
‘हिजोको सत्ता गठबन्धनले एमालेप्रति प्रतिशोध, मुठभेड र निषेधको नीति लियो । महत्वपूर्ण राष्ट्रिय प्रश्नहरूमा प्रतिपक्षलाई साथमा नलिने मात्र होइन, जानकारी दिने न्यूनतम औपचारिकतासम्म पूरा गरेन । राष्ट्रियहितमा आघात पुर्याउने कतिपय प्रश्नमा गोप्य सहमतिहरू गरिए,’ प्रस्तावमा भनिएको छ, ‘त्यो अलोकतान्त्रिक र अराजनीतिक तरिका थियो । हामी त्यसो गर्ने छैनौं । मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका राष्ट्रिय एजेन्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्षलगायत सबैसँग सार्थक संवाद गर्ने हाम्रो नीति हुनेछ ।’
राम्रा कामका लागि दलबीच स्वस्थ प्रतिस्पर्धा भए लोकतन्त्र बलियो बन्ने पनि ओलीले बताए ।
‘हामी चाहन्छौं– मुलुकमा सिद्धान्त, विचार र नीतिका आधारमा स्वस्थ प्रतिस्पर्धा होस्,’ उनले भनेका छन्, ‘यस्तो प्रतिस्पर्धाले लोकतन्त्रलाई बलियो बनाउँछ । दलहरूबीच सङ्गठनको बलमा र राम्रा काममा स्वस्थ प्रतिस्पर्धा हुने कुराले समाजमा लोकतान्त्रिक संस्कृतिलाई प्रवद्र्धन गर्छ ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...