कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र २६ दशमलव नौ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) ले बिहीबार जारी गरेको नयाँ मूल्याङ्कनले जनाएको छ ।
पश्चिम एसियाका लागि आर्थिक र सामाजिक आयोगका साथ जारी अनुमानले प्यालेस्टिनी गरिबी दर बढेर ५८ दशमलव चार प्रतिशतसम्म पुग्ने देखाएको छ ।
दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रमणपछि युद्ध सुरु भएको हो । इजराइली आँकडाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको मृत्यु भएको थियो । हमासद्वारा सञ्चालित क्षेत्रमा स्वास्थ्य मन्त्रालयका अनुसार हमासको अन्त्य गर्ने वाचा गरेको इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ३४ हजार पाँच सय ९६ जनाको मृत्यु भएको छ ।
गाजाको अधिकांश भाग भग्नावशेषको खैरो परिदृश्यमा परिणत भएको छ । “यो युद्ध जारी रहेको हरेक थप दिनले गाजावासी र सबै प्यालेस्टिनीहरूलाई ठूलो जटिल लागतको सामना गर्नुपरिरहेको छ”, युएनडिपीका प्रशासक अचिम स्टिनरले विज्ञप्तिमा भने, “युद्ध हुँदा पनि गाजामा पीडा समाप्त हुँदैन भन्ने यो नयाँ आँकडाले चेतावनी दिएको छ ।”
उनले कम समयमा ठूलो मात्रामा नोक्सानीबाट उत्पन्न हुने ‘गम्भीर विकास सङ्कट’ को चेतावनी दिए । युएनडिपीले युद्ध नौ महिनासम्म जारी रह्यो भने गरिबी युद्ध–पूर्वस्तरको दुई गुणाभन्दा बढी हुने अपेक्षा गरिएको बताएको छ । उक्त समयमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा गिरावट २९ प्रतिशतसम्म पुग्नेछ ।
अप्रिलको प्रारम्भमा प्रकाशित विश्व बैंकको रिपोर्टमा इजराइल–हमास युद्धबाट गाजाको महत्त्वपूर्ण पूर्वाधारमा करिब १८ अर्ब ५० करोड डलर नोक्सान भएको बताइएको छ । यो सन् २०२२ मा पश्चिम किनार र गाजाको संयुक्त आर्थिक उत्पादनको ९७ प्रतिशत बराबर थियो ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...