×

NIC ASIA

सहकारी ठगी प्रकरण

रविको प्रतिप्रश्न– फाँसीमा झुन्ड्याइएकाले पनि सफाइको मौका पाउँछ, बोल्नै नदिई छानबिन समिति ?

काठमाडाैं | बैशाख २५, २०८१

Prabhu Bank
NTC
Premier Steels

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुद्ध कहि कतै मुद्दा नचलेकोले संसदीय छानबिन आवश्यक नभएको दाबी गरेका छन् ।​

Muktinath Bank

फाँसीमा झुन्ड्याइएकोलाई समेत सफाइको मौका दिइने भए पनि आफूलाई बोल्न नदिइएको उनले गुनासो गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख देवराज घिमिरेले मंगलवार बोलाएको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले कसैमाथि आरोप लाग्दैमा संसदीय छानबिन समिति बनाउन नमल्ने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘मविरुद्ध मिडियामा निरन्तर समाचार आएपछि महान्यायाधिवक्ता कार्यालयमार्फत मैले बुझेको थिए, कतै मुद्दा छैन, बयानमा पोलिएको पनि छैन’ लामिछानेले भने, ‘दलका नेतालाई बुझाइएको ज्ञापनपत्रमा पनि मेरो नाम छैन भने कसरी छानबिन समिति बनाउने ?’

Vianet communication

कुनै प्रतिवेदनमा भएका विवरणलाई मुद्दा चल्ने प्रमाणको रूपमा हेर्न नमिल्ने बताए । ‘आफ्नो अफर मान्यो भने माथिल्लो पदका लागि विभिन्न च्यानलबाट कुरा ल्याउने । नमानेपछि गृहमन्त्रीमाथि छानबिनको कुरा उठाउने ?’, लामिछानेले कांग्रेससँग प्रश्न गरे ।

सहकारी ठगीमा रविको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिनको कुरा उठाइरहेको छ । संसदीय छानबिन समिति नबने वैशाख २८ गते शुरु हुने संसद् अधिवेशनका बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेसको अडानमा कारण सभामुखले बोलाएको बैठक सहमतिमा पुग्न सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x