मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
फागुन २२, २०७५
काठमाडौं – कलंकी चोकबाट बालाजुतर्फ जाने बाटोमा केही अगाडि बढेपछि दायाँतर्फ ओरालो झर्ने बाटो छ । त्यहाँबाट केही भित्र बाफल पुगेपछि एउटा विद्यालय आउँछ । उक्त विद्यालयको नाम हो, ज्ञानोदय उच्च माध्यमिक विद्यालय ।
सामुदायिक विद्यालयहरूको स्तर खस्किँदै गएको गुनासो बढिरहेका बेला यो विद्यालय भने नतिजामा अब्बल ठहरिँदै आएको छ । पहिलेको एसएलसी र हालको एसईईको नतिजा हेर्ने हो भने सामुदायिकमध्येकै नमूना विद्यालय मान्न सकिन्छ, ज्ञानोदयलाई ।
विद्यालयमा महिला शिक्षिकाहरूलाई छुट्टै अफिसको व्यवस्था छ । उक्त अफिसको ढोकैनेर एउटा मेसिन राखिएको छ, जसको काम हामीले देख्दै, सुन्दै आएको भन्दा बिलकुल फरक छ ।
रातो अक्षरमा ‘इम्पावरिङ वुमेन’ लेखिएको उक्त मेसिनमा एक रुपैयाँको सिक्का खसालेपछि त्यसले सेनेटरी प्याड उपलब्ध गराउँछ । ठ्याक्कै त्यसैगरी, जसरी एटीएम कार्ड राखेपछि एटीएम मेसिनबाट पैसा निकाल्न सकिन्छ ।
ज्ञानोदय उमाविले छात्राहरूको आवश्यकतालाई ध्यान दिँदै सेनेटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिनको व्यवस्था गरेको हो । विद्यालय आएको समयमा रजस्वला भएमा दगुर्दै पसलमा जानुपर्ने छात्राहरूको बाध्यता अन्त्य भएको छ ।
दाताको सहयोग
उक्त मेसिन ‘गान्धी इन्टरनेशनल मिसन नेपाल’ले उपलब्ध गराएको हो । विद्यालयकी उपप्रधानाध्यापक विष्णु रिमालकी छोरी मल्लिका रिमाल काठमाडौंमै चिकित्सक रहिछन् ।
उनका केही चिकित्सक साथीहरूको पहलमा मेसिन ल्याइएको रहेछ । ‘डाक्टरहरूको टीमले मेसिनसँगै दुई बाकस सेनेटरी प्याड पनि प्रदान गरेका छन् । थप अनुदानका स्रोतहरू र रनिङ कोषबाट यसलाई निरन्तरता दिन सकिन्छ भन्ने लागेको छ,’ प्रधानाध्यापक नातिकाजी महर्जनले भने । यसबाट छात्राहरू निकै खुशी भएको उनले सुनाए ।
मेसिन आउनुअघि पनि ज्ञानोदयले आफ्ना छात्राहरूलाई प्याडको व्यवस्था गरेको थियो ।
‘आजभन्दा ७ बर्ष अगाडिको कुरा हो, शुरूमा विद्यालयले ५०० रुपैयाँको व्यवस्था गरिदियो । हामी महिला शिक्षिकाले जिम्मेवारी लिएर त्यो पैसाबाट प्याड खरिद गरी बाकसमा राख्ने व्यवस्था गर्यौं,’ सेनेटरी प्याड व्यवस्थापनको जिम्मेवारी पाएकी शिक्षिका हरिकला पौडेलले भनिन्, ‘थोरै पैसा लिएर छात्राहरूलाई आवश्यक पर्दा प्याड उपलब्ध गराउन थालेको त्यतिबेलैबाट हो । अहिले मेसिन आएपछि थप सहज भएको छ ।’
विद्यार्थीले प्याड लिन सिक्काको रूपमा एक र त्यसमा ५ रुपैयाँको नेट थपेर कुल ६ रुपैयाँ तिर्नुपर्छ । सेनेटरी प्याडको बजार मूल्य प्रतिगोटा न्यूनतम् १० रुपैयाँ पर्छ । ‘अहिले यो अटोमेटिक मेसिन प्राप्त भएपछि हामीलाई अत्यन्तै सजिलो भएको छ । सिक्काका लागि १ रुपैयाँ र प्याडको ५ रुपैयाँ गरेर विद्यार्थीसँग ६ रुपैयाँ लिएर हामीले उनीहरूलाई सेनेटरी प्याड उपलब्ध गराउँदै आएका छौं’, शिक्षिका पौडेलले थपिन् ।
कसरी निस्कन्छ त प्याड ?
यो मेसिनमा तीनवटा तला छ । एक तलामा २५ वटा प्याड राख्न सकिन्छ । तीनवटा तलामा ७५ वटा प्याड अटाउँछ । मेसिनमा सिक्का छिराउने ठाउँ बनाइएको छ । मेसिनको स्विच अन गरेर सहजै चालु अवस्थामा ल्याउन सकिन्छ । एक पटकमा एउटा सिक्का छिराएपछि एउटा प्याड निस्किन्छ । विद्यालयकी सहप्रधानाध्यापक विष्णु रिमालले प्रयोगात्मक ढंगले प्याड नै निकालेर हामीलाई देखाइन् ।
यस्तो मेसिन देख्दा शुरूमा शिक्षकहरू पनि दंग परेका थिए । ‘हाम्रो सोचमा नै थिएन पैसा खसालेर प्याड आउने कुरा त । यस्तो मेसिन देख्दा म आफैं दंग परेँ’, प्रधानाध्यापक महर्जनले भने ।
केही दिनअगाडि विद्यालयकै एकजना शिक्षिका अञ्जना रिसालको जन्मदिन परेको रहेछ । उनले आफ्नो जन्मदिनको अवसरमा १ कार्टुन सेनेटरी प्याड उपलब्ध गराएकी छन् । अन्य शिक्षक–शिक्षिका उक्त कुराबाट प्रभावित भएका छन् । भन्छन्, ‘अञ्जना म्याडमले अगाडि बढाउनुभएको संस्कारले हामीमा पनि सकारात्मक प्रभाव परेको छ ।’
लजाउन छाडे विद्यार्थी
पहिला–पहिला छात्राहरू प्याड मागेर लैजान लाज मान्दथे, अहिले उनीहरूलाई बानी पर्न थालिसकेको छ । त्यसमाथि पनि महिला शिक्षिकाहरूको अफिस अगाडि मेसिन राखिएकाले निर्धक्क भएर त्यसको प्रयोग गर्ने थालेको शिक्षिकाहरू सुनाउँछन् ।
मेसिन आएयता प्याड किन्न विद्यालयको कोषबाट खर्च गर्नु परेको छैन । आवश्यक परेमा त्यसका लागि पनि खर्च छुट्ट्याउन सकिने प्रधानाध्यापक महर्जनको भनाइ छ ।
विद्यालयले अहिले नयाँ भवन र शौचालय पनि निर्माण गरिरहेको छ । छात्राहरूको सहजताका लागि चेञ्जिङ रुमको पनि व्यवस्था गर्न लागिएको प्रधानाध्यापक महर्जनले बताए ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...