११ वर्षपछि बढ्यो भिसा शुल्क

जेठ ६, २०७६

काठमाडौं– सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु-याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पु-याइएको छ । 


ADVERTISEMENT

नेपालमा अध्ययनका लागि आउने विद्यार्थीको भिसा शुल्क पनि बढेको छ । डिग्री प्रोग्रामअन्तर्गत नेपाल आउने विदेशी विद्यार्थीले भिसा लिँदा तिर्नुपर्ने शुल्क पाँच डलर बढेर ३० डलर पुगेको छ । अध्यापन तथा अनुसन्धान गर्न आउने विदेशी र तिनका आश्रितले यसअघि मासिक ४० डलर तिर्नुपर्नेमा अब ५० डलर तिर्नुपर्नेछ । शिक्षक आदान–प्रदान कार्यक्रमअन्तर्गत आएका विदेशीले तिर्नुपर्ने शुल्क पनि पाँच डलर पुगेर १५ डलर तिर्नुपर्ने भएको छ । 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस