×

NMB BANK
NIC ASIA

एटीएम मशिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

जेठ ६, २०७६

NTC
Premier Steels

काठमाडौं- तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटीएम मशिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? 

Muktinath Bank

साक्षर व्यक्तिले सहजै रूपमा एटीएम मशिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटीएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटीएम मशिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागि परेको छ । सहज रूपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटीएम मशिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका एटीएममा नेपाली भाषा रहेको भए पनि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम मशिनमा भने नेपाली भाषा राखिएको छैन । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मशिनमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

Vianet communication

बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटीएम मशिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो । बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटीएम मशिनमा अनिवार्य रूपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

नेपाली भाषा प्रयोग गरी एटीएम चलाउन सकिने व्यवस्था गरी सो को जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । 

विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटीएम मशिन सञ्चालनमा ल्याएका हुन् । बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटीएम मशिन सञ्चालनमा ल्याएका छन् ।  

नेपाल राष्ट्र बैंकका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रूपमा एटीएम कार्ड प्रयोग गर्छन् । कूल ५९ लाख ६० हजारले एटीएम कार्ड लिएका छन् । सरकारले नयाँ वर्षको शुरूआतसँगै शुरू गरेको ‘खाता खोलौं’ अभियानले पनि एटीएम कार्ड लिनेको सङ्ख्यामा वृद्धि हुने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x