बसभित्र जुवातासको अखडा : ४६ हजार नगदसहित ९ जना पक्राउ

जेठ ६, २०७६

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा ४६ हजार नगद सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ना ७ ख ५६२८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका नविन राउत लगाएत ९ जनालाई १ बुक तास र ४६ हजार नगद सहित पक्राउ गरेको नयाँ बसपार्क इन्चार्ज प्रहरी निरिक्षक (इन्पेक्टर) मोहनविक्रम केसीले लोकान्तरलाई बताए ।


ADVERTISEMENT

यस्तै लालबन्दी नगरपालिका ४ को पसलमा जुवातास खेलीरहेको वस्थामा १६ हजार ५ सय नगद सहित ५ जनालाई पक्राउ गरेको छ ।

लालबन्दीका ४७ बर्षिय कोभानु घिमिरे सहित ५ जनालाई पक्राउ गरेको हो । जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यलय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस