×

NMB BANK
NIC ASIA

महिला हिंसाका उजुरी घटे

जेठ ७, २०७६

NTC
Premier Steels

लम्की- स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न सरकारले न्याय सम्पादनको अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय स्तरमा रहेका सामान्य खालका विवाद मेलमिलापको माध्यमबाट समाधानका लागि न्यायिक समितिको संयोजकमा उप–प्रमुख र उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । 

Muktinath Bank

कानूनले गरेको व्यवस्थाअनुसार न्यायिक समितिले विवाद समाधानको काम गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिकामा चालू आर्थिक वर्षमा ४३ उजुरी दर्ता भए पनि महिला हिंसाका तीन वटा मात्रै उजुरी छन् । टीकापुर नगरपालिकामा चालू आवको अहिलेसम्म ३२ उजुरी दर्ता छन् । महिला हिंसाका दुई उजुरी मात्र परेको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा चालू आवको वैशाख मसान्तसम्ममा २९१ घरेलु तथा महिला हिंसाका उजुरी दर्ता भएका छन् । स्थानीय तहमा परेको उजुरीको सङ्ख्या हेर्दा महिला हिंसा भएमा न्याय खोज्न प्रहरी कहाँ जाने गरेको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको तथ्याङ्कअनुसार आव २०७४÷७५ मा महिला हिंसाका ३७५ उजुरी परेका थिए । आव २०७३/०७४ मा ४१५ तथा आव २०७२/०७३ मा ४३० उजुरी परेका थिए । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंह विगतको सङ्ख्या हेर्दा यस वर्ष महिला हिंसाका घटनामा कमी आएको बताउँछन् । 'लागुऔषध र मदिराका कारण महिलामाथि बढी हिंसा हुन्छ, हामीले नियन्त्रण अभियान चलाएका छौं,' उनले भने, 'हिंसाका घटनामा कमी आएको छ ।'


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका उपाध्यक्ष र न्यायिक समितिका संयोजक उमा महतोले न्यायिक समितिमा सबैभन्दा बढी सीमा विवादका उजुरी आउने गरेको बताइन् । उनले भनिन्, 'महिला हिंसाका उजुरी कम छन्, झैझगडा, सीमा विवाद, लेनदेनलगायत उजुरी बढी आएका छन् ।'

Vianet communication

टीकापुर नगरपालिकाका उप–प्रमुख एवम न्यायिक समितिका संयोजक केशरी रावलले धेरैजसो उजुरी मौखिम रूपमा आउने गरेको बताइन् । 'सल्लाह लिने र गोप्य परामर्श लिने धेरै छन्,' उनले भनिन् । उनले न्याय सम्पादनमा सहज होस् भनेर नगरपालिकामा इजलासको तयारी भइरहेको बताइन् ।

नेपालको संविधानले न्याय सम्पादनसम्बन्धी तीन तहको अदालतको व्यवस्था गरेको छ । न्याय सम्पादनका लागि नेपालको संविधानको धारा १२७ मा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको व्यवस्था छ । संविधान, अन्य कानून र न्याय मान्य सिद्धान्तबमोजिम नेपालको न्यायसम्बन्धी अधिकार प्रयोगका लागि कानूनबमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न अन्य निकाय गठन गर्न सकिने व्यवस्थाअनुरुप नै स्थानीयस्तरमा न्यायीक समिति गठन भएर सक्रिय छन् ।

स्थानीय तहमा रहेका न्यायिक समितिलाई आलीधुरी, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला मजदूरी नदिएको, घरपालुवा पशुपक्षी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी, पति, पत्नीलाई इज्जत आमदअनुसार खान लाउन वा शिक्षादीक्षा नदिएको, वार्षिक २५ लाखसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधासम्बन्धी विवादको निरुपण गर्ने अधिकार दिइएको छ । -दुर्गा देवकोटा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x