×

NMB BANK
NIC ASIA

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार धादिङमा आयोजित एक कार्यक्रममा प्रदेश र स्थानीय तहका सरकारलाई नेपाल सरकार मातहतका विभिन्न इकाइ भएको बताएपछि राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भएका छन् ।

Muktinath Bank

कतिपयले प्रधानमन्त्रीलाई शासकीय ज्ञान नभएको आरोप लगाइरहेका छन् भने कतिपयले प्रधानमन्त्री ओलीको संघीयता विपरीत रुझान सतहमा आएको टिप्पणी गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीको भनाइलाई लिएर सत्तारुढ समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले गम्भीर गल्ती मात्र नगरेको बरू प्रधानमन्त्रीमा ठूलो दृष्टिदोष रहेको टिप्पणी गरे ।


Advertisment
Nabil box
Kumari

बुधवार एक ट्विटमार्फत भट्टराईले मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीको भनाइको प्रतिवाद गर्नुपर्ने बताए । ‘संघीयताको सार्वभौम मान्यता र नेपालको संविधानको प्रावधान तथा भावना विपरीत प्रमले प्रदेश र स्थानीय तह केन्द्रका इकाइ मात्र हुन् भन्नु गम्भीर गल्ती मात्र नभएर ठूलो दृष्टिदोष हो,’ भट्टराईको टिप्पणी छ, ‘सत्ताधारी दलकै मुख्यमन्त्री लगायतद्वारा यसको प्रतिवाद हुनु स्तुत्य छ । सबैले बोलौं, संघीयताको जगेर्ना गरौं ।’

Vianet communication
Laxmi Bank
धादिङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकारलाई नेपाल सरकारका विभिन्न इकाइ भएको मात्र भनेनन्, यो भएन, त्यो भएन भनेर छट्पटाएको आरोप पनि लगाए । प्रधानमन्त्रीले संघीयताको भावनामाथि एक पटक होइन, पटक–पटक विषवमन गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको संघीयताप्रतिको टिप्पणीलाई लिएर ‘प्रदेश सरकार काठमाडौंको उपनिवेश नभएको’ बताए । एक ट्विट गर्दै शर्माले कडा टिप्पणी गरे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू ! काठमाडौंको उपनिवेश होइनन् प्रदेश सरकारहरू ! अंग्रेजले नियुक्त गरेका ‘गभर्नर’ होइन, त्यहाँ जननिर्वाचित प्रतिनिधिहरू छन् शासनमा ।’

संघीयतासम्बन्धी प्रधानमन्त्री ओलीको विवादास्पद भनाइ आएको यो पहिलोपल्ट होइन । संविधानको प्रस्तावनामै देश ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ भनी उल्लेख गरिएको अवस्थामा जननिर्वाचित कार्यकारी प्रमुखले संघीयतासम्बन्धी विवादास्पद टिप्पणी पटक–पटक सार्वजनिक गर्नुले कहीँ न कहीँ प्रधानमन्त्रीमा यसअघि नै रहेको ‘एकात्मक’ राज्य प्रणालीप्रतिको मोह सतहमा आएको त होइन भन्ने प्रश्न स्थापित गरिदिएको छ ।

ओलीमा पहिल्यैदेखि संघीयता ‘फोबिया’

धादिङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकारलाई नेपाल सरकारका विभिन्न इकाइ भएको मात्र भनेनन्, यो भएन, त्यो भएन भनेर छट्पटाएको आरोप पनि लगाए । प्रधानमन्त्रीले संघीयताको भावनामाथि एक पटक होइन, पटक–पटक विषवमन गरेका छन् ।

‘प्रदेश सरकारहरूलाई अलि–अलि के–के लाग्छ भने हामी स्वतन्त्र राष्ट्रका सार्वभौम सरकार हौजस्तो लाग्छ,’ ओलीले सम्बोधनका क्रममा भनेका थिए, ‘त्यसकारण यो भएन, त्यो भएन भनेर छट्पटाएको पनि देखियो । परिपाटी बस्दै जान्छ । नेपाल एउटा राष्ट्र हो । एउटा देश, एउटा सरकार, नेपाल सरकार र त्यसका विभिन्न अंग–अवयवहरू छन्, निकायहरू छन् । ७ वटा प्रदेश छन्, ७ वटा प्रदेश सरकार छन्, ७ सय ५३ वटा स्थानीय निकाय छन्, त्यहाँ स्थानीय तहका सरकारहरू छन् । तर ती सबै नेपाल सरकारका विभिन्न इकाइहरू हुन् ।’

गत वैशाख २५ गते सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तै अभिव्यक्ति दिएका थिए । त्यतिबेला प्रदेशहरू स्वतन्त्र सरकार नभएको टिप्पणी गरे । ‘कसैले भन्दै हुनुहुन्थ्यो, प्रदेश सरकार केन्द्र सरकार मातहत नै हो भन्ने जसरी व्यवहार भएको छ,’ ओलीको टिप्पणी थियो, ‘केन्द्र मातहत नै हो, संघीय सरकार, संघीय कानूनको मातहतमै संघीय सरकार र स्थानीय सरकार हुन्छ । स्वतन्त्र सरकार त होइनन् नि ! ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’

२०७३ मंसिर १९ गते काठमाडौंको बानेश्वरको एक भेलामा तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका ओलीले संघीयताको भावना विपरीत अभिव्यक्ति दिएका थिए । ‘२००७ सालको आन्दोलनमा संघीयता माग थिएन । २०४६ सालको आन्दोलनमा पनि हैन । २०६२/०६३ मा पनि संघीयता माग थिएन । यो धेरै सुविचारित ढंगले आएन । राम्रैसँग छलफल गरेर आउन पाएको भए हुन्थ्यो,’ ओलीले संघीयता विरोधी टिप्पणी गर्दै भनेका थिए, ‘अलिकति, साथीहरूले भन्नुहुन्छ नि समस्या समाधान हुन्छ भने । यो सानै देश छ, यसमा कति उपयुक्त हुन्छ । यसका अनेक पक्षहरू हामीले हेर्नुपर्छ । हामीले इतिहासमा यसो हेर्‍यौं  भने, रुसलाई हेर्‍यौं भने संघीयताले त ध्वस्तै बनाइदियो ।’

सर्वाेच्च अदालतभन्दा माथि ओली !

संविधानको धारा ५६ मा राज्यको संरचनाबारे उल्लेख छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने उल्लेख छ । संविधानको धारा १६२ मा प्रदेशको कार्यकारिणी अधिकारबारे उल्लेख छ । धारामा ‘प्रदेशको कार्यकारिणी अधिकार यो संविधान र प्रदेश कानून बमोजिम प्रदेश मन्त्रिपरिषद्मा रहने’ उल्लेख छ ।

प्रदेश सरकार केन्द्र मातहत नै हुन् भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राजनीतिक र संवैधानिक प्रश्न उब्जाएको छ । संविधानको धारा १२८ मा संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वाेच्च अदातलाई हुनेछ भनेर स्पष्ट लेखिएको छ ।

संघीयतासम्बन्धी प्रावधानहरूको अन्तिम व्याख्याता सर्वाेच्च अदालत हो । संघीयतासम्बन्धी व्यवस्था र कानूनमा कुनै विवाद सिर्जना भयो भने सर्वाेच्चको फैसला अन्तिम हुने गर्दछ । तर जननिर्वाचित कार्यकारी प्रमुखले पटक–पटक संविधानको अपव्याख्या गर्दै संघीयता विरोधी भजन गाउनुमा ठूलो राजनीतिक अभिष्ट लुकेको हुन सक्ने सत्तापक्षीय नेताले नै आरोप लगाएका छन् । 

संविधानको भाग ४ मा उल्लेख गरिएका राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै भाग २० को धारा २३२ मा संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भनी उल्लेख गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तले प्रदेश र स्थानीय तह केन्द्र सरकारका इकाइहरू हुन् भन्ने प्रधानमन्त्री ओलीको टिप्पणी स्वतः असंवैधानिक भएको पुष्टि गर्छ । यद्यपि यसको अन्तिम व्याख्या गर्ने अधिकार भने सर्वोच्चमै निहित छ ।

‘प्रधानमन्त्रीमा केन्द्रिकृत शासकीय मानसिकता छ, आफूले बोलेको मात्र अन्तिम सत्य हो भन्ने परेको छ,’ नेकपाका एक नेताले भने, ‘उहाँ पहिल्यैदेखि संघीयता विरोधी मानसिकता बोकेको मान्छे हो । उहाँको अभिव्यक्ति संविधान विरोधी छ र कहीँ न कहीँ उहाँले संघीयताविरोधी अभिव्यक्तिमार्फत आफ्नो छुट्टै राजनीतिक अभिष्ट पूरा गर्ने सोचाइ राख्नुभएको हुनसक्छ ।’

प्राकृतिक स्रोतसाधन, प्रशासनिक अधिकार लगायतका विषयलाई लिएर केन्द्र र प्रदेश सरकारबीच मनोमालिन्य हुनु नौलो विषय होइन तर संघीयताका विषयमा सैद्धान्तिक रूपमै केन्द्र र प्रदेशबीच विवाद बढ्यो भने नेपालका लागि त्यो ‘खतरनाक’ हुने कतिपय संविधानविद्को तर्क छ । 

प्रदेश र स्थानीय सरकारको हुर्मत लिने काम !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ मध्ये ६ वटा प्रदेश सरकारको नेतृत्व गरेको छ । विश्वका कतिपय देशहरूमा केन्द्र सरकार र प्रादेशिक सरकार फरक–फरक विचारधारा अँगाल्ने पार्टीले नेतृत्व गरेका छन् भने मात्र केही विवाद देखिने गरेको उदाहरण छ । तर प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई लिएर नीतिगत र सिद्धान्तकै तहमा केन्द्र र प्रदेशबीच विवाद हुने देखिएको छ । 

यसबारेमा अहिले प्रदेशका मुख्यमन्त्रीहरू चुप देखिएका छन् । केन्द्रमा आफ्नै पार्टीको सरकार र आफ्नै अध्यक्ष प्रधानमन्त्री भएकाले उनीहरूलाई प्रधानमन्त्रीको भनाइमाथि टिप्पणी गरे पार्टीभित्रै आन्तरिक विवाद सिर्जना हुने संशय छ । यसबारेमा सोध्न खोज्दा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीको टिप्पणीलाई लिएर कुनै प्रतिटिप्पणी नदिने बताए भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री पनि केही बोल्न मानेनन् ।

प्राकृतिक स्रोतसाधन, प्रशासनिक अधिकार लगायतका विषयलाई लिएर केन्द्र र प्रदेश सरकारबीच मनोमालिन्य हुनु नौलो विषय होइन तर संघीयताका विषयमा सैद्धान्तिक रूपमै केन्द्र र प्रदेशबीच विवाद बढ्यो भने नेपालका लागि त्यो ‘खतरनाक’ हुने कतिपय संविधानविद्को तर्क छ । 

संविधानविद् विपिन अधिकारीले ओलीको भनाइ संविधानसम्मत नभएको तर्क गरेका छन् । बुधवार लोकान्तरसँग कुरा गर्दै अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले जसरी स्थानीय र प्रादेशिक सरकार केन्द्र मातहतका इकाइ हुन भनेर बोल्नुभयो, त्यो प्रशासनिक संघीयतासँग मिल्ने भनाइ हो । प्रशासनिक संघीयतामा एकल अधिकार प्रयोगको हक केन्द्रमा हुने गर्दछ र नेपालको संविधानले एकल अधिकार प्रयोग गर्ने खालको संघीयताको परिकल्पना गरेको छैन ।’

अन्तर प्रदेश परिषद्को काम झिंगा धपाउने ?

प्रदेश र स्थानीय तहलाई छुट्याइएको अधिकार कार्यान्वयन गर्ने क्रममा कुनै नीतिगत जटिलता आयो भने त्यस्तो जटिलता या विवादलाई ‘अन्तर प्रदेश परिषद्’ले हेर्ने गर्दछ । संविधानमै अन्तर प्रदेश परिषद्को व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद् आफैं अन्योलमा रहेको छ । प्रदेश सरकार र केन्द्र सरकारबीच देखिने विवादहरू जस्तैः कर असूली, प्राकृतिक स्रोतको बाँडफाँड लगायत उठ्ने बित्तिकै समितिको बैठक बसेर त्यसको छिनोफानो गर्नुपर्ने प्रावधान छ । 

पछिल्लो पटक वैशाख १३ गते अन्तर प्रदेश परिषद्को बैठक बसेको थियो । काठमाडौंमा बसेको बैठकले प्रदेश र केन्द्रबीच देखिएका विवाद हल गर्नेतर्फ ध्यान दिएन बरू आर्थिक वर्ष २०७६/०७७ को बजेट र योजनाका विषयमा छलफल केन्द्रित रह्यो । त्यतिबेला समितिलाई प्रधानमन्त्रीले आफू अनुकूल निर्देशन दिएको आरोप लागेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x