×

NMB BANK
NIC ASIA

कर्णालीको राजधानी काकाकुल : ९६ घण्टा बिराएर आउँछ खानेपानी

जेठ १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पानी अभावमा काकाकुल स्थिति सिर्जना भएको छ ।

Muktinath Bank

वीरेन्द्रनगरमा ९६ घण्टा बिराएर धारामा पानी आउँदा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगरमा खानेपानी व्यवस्थापन गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ । उपभोक्ताले ९६ घण्टा अर्थात् ४ दिनमा १ पटक पानी पाउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

संस्थाले वितरण गर्ने पानीको मुख्यस्रोत झुप्राखोला मुहान सोलीघोप्टेमा पानी आधा घटेको छ । मुहानबाटै पानी आपूर्ति कम भएपछि वितरणमा समस्या भएको हो ।

Vianet communication
Laxmi Bank

विगतका वर्षभन्दा यो वर्ष मुहानबाटै कम पानी आपूर्ति गर्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् । पानी अभाव बढ्दै गएपछि अध्यक्ष देवकोटाले पानीको संकट आएको बताउँदै चुनौतीको सामना गर्न उपभोक्तालाई आग्रह गरेका छन् । यो वर्ष विगतभन्दा धेरै खानेपानीमा समस्या भएको उनले बताए ।

‘सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरूमा झण्डै ५० प्रतिशतले ह्रास आएको छ,’ उनी भन्छन्, ‘उपत्यकामा खानेपानी संकटको अवस्था छ, सेवा प्रवाहमा कठिनाई र चुनौती देखिएका छन् ।’ यतिबेला माग अनुसारको खानेपानी आपूर्ति गर्न संस्थालाई हम्मेहम्मे परेको उनले बताए ।

‘झुप्रा खोला मुहानबाट वर्षायाममा प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुन्थ्यो । हाल प्रतिसेकेण्ड ४० लिटर मात्रै आपूर्ति हुने गरेको छ । गत वर्ष यो समयमा प्रतिसेकेण्ड ४८ लिटरसम्म पानी आपूर्ति भएको थियो,’ अध्यक्ष देवकोटाले भने, ‘विगतका वर्षभन्दा यो वर्ष स्रोतबाटै पानी कम आएको छ ।’  आयोजना शुरू भएयताका १९ वर्षमा झुप्राको मुहान यो वर्ष धेरै सुकेको उनले बताए ।

सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । उपत्यकामा खानेपानीको अर्काे स्रोत खरी–बोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति हुने गरेको छ । मुहानबाट भने खडेरीमा पनि पानी आपूर्तिमा कमी नआएको संस्थाले जनाएको छ ।

इत्राम खोलाबाट प्रतिसेकेण्ड ८ लिटर, खोर्केबाट ४ लिटर, बुलबुले तालबाट २ लिटर गरी संस्थाले प्रतिदिन ८४ लिटर प्रतिसेकेण्ड अर्थात् ७२ लाख ५७ हजार ६ सय लिटर पानी आपूर्ति गर्दै आएको छ । संस्थाको सेवा क्षेत्र सुर्खेत उपत्यकाका लागि प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक छ ।

औसतमा हिउँदको समयमा १ करोड ३५ लाख लिटर र सुख्खा खडेरीमा न्यूनतम औसत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको संस्थाले जनाएको छ । ‘कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत उपत्यकामा बढ्दो जनसंख्या र घट्दो पानीका स्रोतका कारण खानेपानीको संकट बढ्दै गएको छ । अब खानेपानीको दीर्घकालीन संकट टार्न उपत्यकामा भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने विकल्प मात्रै बाँकी छ,’ अध्यक्ष भन्छन्, ‘अहिले १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले साना तथा अल्पकालीन आयोजनाबाट उपत्यकाको खानेपानी समस्या हल हुने देखेको छैन ।’

संस्थाले भेरी नदीको पानी नै दीर्घकालीन समस्या समाधानको एक मात्र विकल्प ठानेको छ । हरेक वर्ष गर्मीयाममा उपत्यकाबासीले खानेपानीको समस्या झेल्दै आएका छन् । मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले १ महिनायता समानुपातिक वितरणका लागि ‘फ्लो सेडिङ’ तालिका लागू गरेको छ । सुर्खेत उपत्यकामा ९६ घण्टा ‘फ्लो सेडिङ’ हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x