×

NMB BANK
NIC ASIA

बुटवल – रूपन्देहीको देवदह भगवान् गौतम बुद्धको मावली गाउँ साथै प्राचीनकालीय गणराज्य पनि ।

Muktinath Bank

देवदहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामुदायिक वन देवदहको आयोजनामा वनमा कुहिएर खेर गइरहेका काठबाट बुद्धको मावलीलाई चिनाउन १७ कलाकारहरूले १९ वटा बुद्धसहित उनका परिवारका १७ तस्वीर काठमा उतारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वनमा कुहिएका ‘काम नलाग्दा’ काठ सुन्दर बनाएर सजाउने सपना देखे देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले । रुपन्देहीको देवदह नगरपालिकाको बुद्ध सामुदायिक वन उपभोक्ता समूहले जुक्ति निकाल्यो – वन क्षेत्रमा बनाउन लागिएको गौतम बुद्ध राष्ट्रिय उद्यानमा ‘काम नलाग्ने’ काठहरूलाई प्राण दिने र संरक्षण गर्ने । 


Advertisment
Nabil box
Kumari

त्यसैअनुसार देवदहको बुद्ध सामुदायिक वन देवदह नगरपालिका–५ र ६ मा ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला गर्‍यो । काठमा बुद्धका परिवार सदस्यहरूका आकृति तयार हुँदैछन् । सिद्धार्थ गौतमलाई आमा मायादेवीले लुम्बिनीमा जन्म दिँदै गर्दादेखि बुद्धत्व प्राप्त गर्नुअघि र पछिका अवस्था र कालखण्डहरू झल्काउने आकृति देशभरका प्रसिद्ध मूर्तिकारहरूले तयार गरे । 

Vianet communication
Laxmi Bank

कार्यशालामा १७ जना मूर्तिकारहरू ८ दिनसम्म लगाएर १७ वटा मूर्ति तयार गरे । हरिबहादुर थापा बयम्बुले सालको काठको जरालाई बुद्धको मावलीमा बौद्ध भिक्षु ध्यानमा बसेको आकृति दिए । बौद्ध भिक्षु बनाउन थालेका उनी १ हप्तादेखि यसमै लीन भएका छन् । 

बुटवलका कलाकार यमबहादुर थापाले मायादेवीको निधनपछि रानी प्रजापति गौतमीले सिद्धार्थलाई स्याहारसुसार गर्दै गरेको मूर्ति तयार गर्दैछन् । दिनेश्वर महतोले बुद्धको मूर्तिभन्दा विचार ठूलो भन्ने सन्देश दिनेखालको आकृति तयार गरेका छन् ।

प्राज्ञ सभा सदस्य रुपन्देहीका गोविन्द चौधरी कोलिय गणराज्यका राजा सुप्रबुद्धको मूर्ति बनाए । यसरी नै रौतहटका राजन काफ्ले, हेटौडाका लक्ष्मण भुजेल, इलामका राजु पिठाकोटे, काठमाडौंका प्रथमराज बज्राचार्य, रुपन्देहीका बुद्ध चौधरी, चितवनका भीमबहादुर श्रेष्ठ, गुल्मीका हरिराम अधिकारी, झापाका केडी याक्खा, काठमाडौंका अनमारी तामाङ, गुल्मीका कुमार थापा कार्यशालामा मूर्ति बनाएका हुन् ।

१७ जनाले बनाउने सबै मूर्ति बुद्ध र बुद्धका विभिन्न कालखण्ड, आसन, परिवारसँग सम्बन्धित रहेको ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य लालकाजी लामाले बताए । 

बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर रानाले ‘देवदहको प्रचारप्रसारलाई व्यापक बनाउने र पर्यटकीय थलोको रुपमा विकास र प्रवद्र्धन गर्ने उदेश्यले हामीहरुले गौतम बुद्ध राष्ट्रिय उद्यान नै बनाउँदै छौं, त्यसकै लागि यो अभियान थालिएको हो । कार्यशालाको प्रवद्र्धक ड्रीम देवदह युनिटी फर चेन्जका अध्यक्ष तथा स्मारिका प्रकाशन तथा मूल्यांकन समितिका संयोजक सिद्धिचरण भट्टराईले काष्ठकला कार्यशालाले देवदहलाई चिनाउनका लागि थप मद्दत पुर्‍याउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x