×

NMB BANK
NIC ASIA

१३ औं सागको बजेट सार्वजनिक

असार १, २०७६

NTC
Premier Steels

       १३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५, २६, ५७, ४२, ६७०.७३ (पाँच अर्ब छब्बिस करोड सन्ताउन्न लाख बयालिस हजार छ सय सत्तरी र पैसा त्रिहत्तर मात्र) को बजेट प्रस्तुत गरेको छ ।

Muktinath Bank

       उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष प्रस्तुत गर्नुका साथै बजेटको समष्टिगत रुपको पुस्तक मन्त्रिलाई प्रदान गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

       कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड, १२ लाख, ६८ हजार १५०, खेलस्थल ब्यवस्थापन तर्फ ३ करोड ११ लाख, प्राविधिक तर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय, श्रोत साधन परिचालन तर्फ २० लाख, सुरक्षा तर्फ ५० करोड, २६ लाख १ हजार ८४०, आवस ब्यवस्थापन तर्फ ४५ करोड ५२ लाख ८६ हजार, यातायात ब्यवस्थापन तर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्य तर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशन तर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापन तर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१.२०, स्वयंसेवक परिचालन तर्फ २ करोड, २ लाख ९७ हजार, अतिथी सत्कार तर्फ १ करोड २९ लाख ५ हजार, खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालय तर्फ १ अर्व २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैया, एन्टि डोपिङ्ग तर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति तर्फ २७ करोड, ९९ लाख २७ हजार १ सय, आईटि ब्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रहेको छ ।


Advertisment
Nabil box
Kumari

       उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्रि सुनारले १३ औं दक्षिण एशियाली खेलकुद राष्ट्रको ईज्जत, प्रतिष्ठा संग जोडिएको भन्दै सवै पक्षबाट यसलाई सफलतापूर्वक सम्पन्न गर्न अपिल गरे । उनले प्रतियोगिता सम्पन्न गर्न बजेटको निकैनै महत्वपूर्ण स्थान रहेको भन्दै त्यसै क्रममा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिको मिति २०७६÷०१÷२६ गते बसेको बैठकले समितिका सदस्य एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा विभिन्न बिज्ञहरु रहेको बजेट निर्माण कार्यदल गठन गरिएकोमा उक्त कार्यदलले समयमानै आफ्नो कार्य सम्पन्न गरेको भन्दै कार्यदलका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद प्रदान गरे ।

Vianet communication

       बजेट विभिन्न क्षेत्रका दक्ष तथा बिज्ञहरुसंग छलफल गरि निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए । संयोजक तिम्सिनाले बजेट निर्माण गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सवैलाई धन्यवाद समेत प्रदान गरे ।

       कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, मन्त्रालयका सचिव कुष्णप्रसाद देवकोटाको पनि उपस्थिती रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x