आफ्नो भूमिबाट इरानमाथि आक्रमण हुन नदिने इराकको भनाइ

असार ११, २०७६

काठमाडौं – बग्दादले वाशिङटनलाई आफ्नो सैन्य बेस प्रयोग गरेर इरानमाथि आक्रमण गर्न नदिने इराकी राष्ट्रपति बरहाम सालिहले बताएका छन् । 

सालिहले डोनल्ड ट्रम्पको इरानप्रतिको युद्धपिपासु नीतिलाई ध्वस्त पारे । 


ADVERTISEMENT

‘हामीहरू इरान लगायत कुनै पनि छिमेकीका विरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं,’ राष्ट्रपति सालिहले भने । इराकको भूमि प्रयोग गर्न दिने विषयमा बग्दाद र वाशिङटनबीच कुनै सहमति नबनेको पनि उनले बताए । 

गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपतिले इरानलाई नजिकैबाट निरीक्षण गर्नका लागि करीब पाँच हजार सैनिकहरू इराकमै रहनुपर्ने बताएका थिए । त्यतिखेर ट्रम्पले इरानमाथि आक्रमण गर्न इराकलाई आधार इलाका नबनाउने भनेको भए पनि इरानसँग अमेरिकाको दुश्मनी बढ्दै जाँदा युद्धको स्थिति बन्न पुगेको छ । 

इरानले अमेरिकी ड्रोन आरक्यू–४ ग्लोबल हक खसाएपछि अमेरिकाले जवाफी आक्रमण गर्न लागेको थियो । तर १५० जनाभन्दा बढी मर्ने देखेपछि ट्रम्पले आक्रमणको आदेश फिर्ता लिएका थिए ।

एजेन्सी

असार ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस