शेयर बजार : नेप्सेमा दोहोरो अंकको वृद्धि

फाइल फोटो
असार १७, २०७६

काठमाडौं- लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ । 


ADVERTISEMENT

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोबार भयो ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने ९ उपसमूहको शेयर भने वृद्धि भएको छ । व्यापार २.६२, उत्पादन २.६४ र अन्य उपसमूह ०.८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११.४२, होटल १४.४, विकास बैंक ८.९३, जलविद्युत् ६.६८, वित्त ०.५९, निर्जीवन बीमा १०७.३३, लघुवित्त १३.४४, जीवन बीमा ८७.२२ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ । 

असार १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस