×

NMB BANK
NIC ASIA

नगरपालिकामा ‘तोक सेवा’ : करारमा ९६ कर्मचारी, विकास बजेट तलबमै स्वाहा !

असार १८, २०७६

NTC
Premier Steels

काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिकाले संघले उपलब्ध गराउने सामान्यीकरण अनुदानको अधिकांश हिस्सा करारका कर्मचारी पाल्नमै खर्च गर्ने गरेको पाइएको छ ।

Muktinath Bank

विकास निर्माणमा खर्च गर्नुपर्ने अनुदानको रकम करारमा कर्मचारी भर्ती गरेर तिनलाई पाल्नमै खर्च भइरहेको हो । स्रोतका अनुसार नगरपालिकाबाट तलब सुविधा पाउने गरी ९६ जना कर्मचारी करारमा भर्ती गरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझै अचम्मको कुरा त के भने स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १ सय ६१ पदमा आवेदन आह्वान गर्दा शैल्यशिखर नगरपालिकाका लागि १ जना कर्मचारी पनि मागिएको छैन ।


Advertisment
Nabil box
Kumari

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दीको विवरणसहित कर्मचारी माग फारम पठाउन सबै स्थानीय तहलाई परिपत्र पठाएको थियो ।

Vianet communication

त्यसक्रममा ५ सय १५ स्थानीय तहले कर्मचारी माग फारम मन्त्रालयमा पठाए । ती स्थानीय तहबाट समग्रमा १३ हजार ६ सय ४५ कर्मचारी माग भएको थियो । त्यसमध्ये ४ हजार ४ सय ८४ पद बढुवाका लागि छुट्याएर लोक सेवा आयोगले ९ हजार १ सय ६१ पदमा विज्ञापन प्रकाशित गरेको थियो ।

कर्मचारी माग्ने यी कुनै पनि प्रक्रियामा शैल्यशिखर नगरपालिका समावेश छैन ।

यस विषयमा बुझ्न खोज्दा मेयर अमरसिंह धामीसँग सम्पर्क हुन सकेन । उनको सरकारी मोबाइल नम्बर ९८५८७०४८६ र निजी प्रयोजनको मोबाइल नम्बरमा समेत बुधवार मध्याह्नबाट करीब ३ घण्टासम्म पटक–पटक सम्पर्क प्रयास गर्दा ‘स्वीच अफ’ थियो । 

मेयर धामी तिनै व्यक्ति हुन्, जो आफ्ना लागि नगरपालिकाले भाडामा लिएको गाडी भाइको बिहेमा प्रयोग गरेर विवादमा तानिएका थिए ।

नम्बर प्लेटमा नेपाली झण्डासहित म१च ७२७ नम्बरको स्कोर्पियो जीपमा ‘दिपेन्द्र परिणय मनिषा’ लेखेर सेतो पाना टाँसिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

पढ्नुहोस्, यो पनि :
‘जन्मँदा नै अभागी’ मेयरको हर्कतः भाडामा लिएको सरकारी गाडी, बिहेमा सवारी !

उक्त गाडी नगरपालिकाले मासिक १ लाख ८ हजार तिर्ने गरी ६ महिना (यही असार मसान्त) सम्मका लागि भाडामा लिएको लोकान्तरसँग उनी स्वयंले स्वीकारेका थिए ।

४४ दरबन्दीमा अधिकांश रिक्त, तै पनि खुलेन विज्ञापन !

निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टका अनुसार नगरपालिकामा ४४ कर्मचारीको दरबन्दी छ ।

विष्टबाहेक भोजराज भट्ट योजना अधिकृत, सन्तोष पाण्डेय इञ्जिनीयर र मनोजसिंह विष्ट सूचना तथा सञ्चार प्रविधि अधिकृत पदमा कार्यरत रहेको नगरपालिकाको वेबसाइटमा उल्लेख छ ।

कर्मचारी समायोजनबाट ५ कर्मचारी आएका छन् । त्यसमध्ये महिला विकासमा २, भेटेरिनरीमा २ र कृषिमा एक कर्मचारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले लोकान्तरसँग बताए ।

समग्र दरबन्दीको झण्डै ८० प्रतिशत पद रिक्त रहँदा पनि लोक सेवाद्वारा खुलाइएको विज्ञापनमा शैल्यशिखर नगरपालिकाको नामोनिशान भेटिन्न ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट मन्त्रालयले मागेको बेला माग फारम भरेर पठाएपनि छुटेको जानकारी आफूले पाएको बताउँछन् । 

‘माग फारम भर्दा छुटेछ,’ विष्टले भने, ‘फारम भरेर पठाउन प्रयास गरेको त भन्नुहुन्छ, रिसिभ नभएको पो हो कि !’ विष्टले आफू यही जेठबाट मात्र जिम्मेवारीमा आएको बताए ।

९६ जना कर्मचारी करारमा भर्ना गरिएको विषयमा जिज्ञासा राख्दा विष्टले सबै कर्मचारी नगरपालिकाले भर्ना गरेका मात्र नरहेको बताए । ‘सबै नगरपालिकाले भर्ना गरेको होइन, कतिपय पहिले जिल्लाबाटै करारमा लिइएका पनि छन्,’ उनले भने ।

उक्त संख्या स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, खोप केन्द्रसहित नगरपालिका भित्रका विभिन्न कार्यालयमा कार्यरत रहेकाहरूको समेत भएको उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समेत एक टोली अनुगमनका लागि हालसालै शैल्यशिखर नगरपालिकामा पुगेको थियो । उक्त कुरा प्रमुख प्रशासकीय अधिकृत विष्टले पनि स्वीकारे ।

‘गत जेठमा मन्त्रालयबाट पनि सरहरू आउनुभएको थियो,’ विष्टले भने, ‘उहाँहरूले विभिन्न विवरण सहितको कागज पत्र लिएर जानुभएको छ ।’

लोक सेवाको विज्ञापन खुलिसकेपछि मात्र आफ्नो नगरपालिका नपरेको जानकारी पाएको उनको जिकिर छ ।

नगरपालिकाका मोटरसाइकल करारका कर्मचारीदेखि ट्राफिक प्रहरीसम्मलाई

मेयरले भाडामा लिएकाबाहेक नगरपालिकासँग २२ मोटरसाइकल/स्कूटर, १ टिप्पर र १ जीप छन् ।

से१झ २९१ नम्बरको जीप उपमेयर राजमती बम पालले चढ्दै आएकी छन् । मदनसिंह धामी चालक छन् ।

नगरपालिकासँग रहेका २२ मोटरसाइकलमध्ये सबै नगरपालिकाको प्रयोजनमा मात्र प्रयोग भएको देखिँदैन ।

करारमा नियुक्त भएका कर्मचारी मात्र होइन, नगर कार्यपालिका सदस्यदेखि प्रहरी हवल्दार (ट्राफिक) सम्मले नगरपालिकाको मोटरसाइकल चढिरहेका छन् ।

स्रोतका अनुसार संघीय मामिला मन्त्रालयको टोलीले अनुगमनका क्रममा २२ मध्ये १२ वटा मात्र मोटरसाइकल नगरपालिकाको प्रयोजनमा प्रयोग भइरहेको पाएको थियो । 

त्यतिबेलासम्म अन्य १० मोटरसाइकल खरिद गरेको देखिएपनि प्रयोगकर्ताको अत्तोपत्तो थिएन ।

हेर्नुहोस्, हाल क–कसले चढ्छन् नगरपालिकाका सवारी साधन :

स्रोतका अनुसार मेयर धामीले उपचार खर्चबापत नै १० लाख रुपैयाँ लिएका छन् । त्यसमध्ये ५ लाख पहिले नै स्वीकृत गराएको र अर्को ५ लाख खर्च भइसकेपछि स्वीकृत गराएको स्रोतको दाबी छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x