लोकान्तर समाचार प्रभाव : ऊर्जा मन्त्रालयबाट फिर्ता भए विद्युत् प्राधिकरणका गाडी

असार ३१, २०७६

काठमाडौंविद्युत् प्राधिकरणका ४ वटा गाडी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री, उनको सचिवालय र ऊर्जा सचिवले प्रयोग गर्ने गरेको समाचार लोकान्तरमा प्रकाशित भएपछि त्यसमध्ये ३ वटा गाडी फिर्ता भएको पाइएको छ ।

विद्युत् प्राधिकरणले गत चैतमा लोकान्तरलाई उपलब्ध गराएको सूचनामा बा१३च ५७९३ र बा१ञ २४५२ नम्बरको प्राडो तथा बा२०च ४१५ र बा२०च ४१४ नम्बरका इलेक्ट्रिक कारमध्ये एउटा गाडी मन्त्री वर्षमान पुन अनन्त, २ वटा उनको सचिवालय र अर्को एउटा ऊर्जा सचिव दिनेश घिमिरेले चढ्दै आएको उल्लेख थियो ।


ADVERTISEMENT

हेर्नुहोस्, तत्कालीन समयमा प्राधिकरणबाट प्राप्त सूचना:

यसमध्ये ऊर्जा मन्त्रीले चढ्दै आएको एउटा इलेक्ट्रिक कारलाई छाडेर प्राधिकरणका सबै गाडी फिर्ता भइसकेको मन्त्रालयका आन्तरिक प्रशासन शाखा प्रमुख नरबहादुर बूढाले लोकान्तरलाई जानकारी दिए ।

यता विद्युत् प्राधिकरणका सह–निर्देशक मोतिलाल महताराले मन्त्रालयमा गएकामध्ये २ वटा गाडी फिर्ता भएको पुष्टि गरे । बा२०च ४१४ नम्बरको इलेक्ट्रिक कार र बा१ञ २४५२ नम्बरको प्राडो फिर्ता भइसकेको उनले बताए ।

लोकान्तरमा प्रकाशित समाचार: विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

५७९३ नम्बरको गाडी भने हाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरिरहेको पाइएको छ । मुख्यमन्त्री शाही पूर्व ऊर्जामन्त्री समेत हुन् । 

मन्त्रालयका आन्तरिक प्रशासन शाखा प्रमुख बूढाले मन्त्रीसँग अहिले विद्युत् प्राधिकरणको इलेक्ट्रिक कार र कारगेडका लागि गृहमन्त्रालयले उपलब्ध गराएको गाडी मात्र रहेको बताए ।

'मन्त्रीज्यूले विद्युत् प्राधिकरणको इलेक्ट्रिक कार चढ्ने गर्नुभएको छ,' बूढाले भने, 'राजधानीबाहिर जानुपर्दा सम्बन्धित योजनाहरूको गाडी मागेर प्रयोग गर्नुहुन्छ ।'

मन्त्रीका निजी सचिव कमानसिं थापा मगरले बा२झ १३७७ र स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बा२झ ९५ नम्बरको गाडी चढ्ने गरेको उनको भनाइ छ ।

हेर्नुहोस्, यसअघिका ३२ भाग :

भाग- ३२ : पूर्व पदाधिकारीका नाममा शरणार्थी नेतालाई गृहको गाडी, सल्लाहकारलाई २ सय ४० लिटर इन्धन

भाग- ३१ : राजधानीमा पानी बाँड्न नसक्ने केयूकेएलमा गाडी नै गाडी, कर्मचारीलाई मासिक १६० लिटर इन्धन !

भाग- ३० : निरन्तर घाटामा गएको निगमका १३ हाकिमलाई असीमित इन्धन सुविधा, एउटै नम्बरका २ गाडी !

भाग- २९ : सुदूर प्रदेशका मन्त्रीको ध्यान मोजमस्तीमा : धमाधम गाडी खरिद, विकासलाई बेवास्ता !

भाग- २८ : मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

भाग- २७ : विद्युत् प्राधिकरणका गाडीमा गडबडी, पुलका गाडी पनि रातो प्लेटमा !

भाग- २६ : सवारी सुविधामा बेमेल : महानिर्देशकलाई २१ लाखको गाडी, मातहत कर्मचारीलाई ७५ लाखको !

भाग- २५ : इन्धनमा आयल निगमका कर्मचारीको हालीमुहाली, निगमकै गाडीमा मन्त्रीको रजाइँ !

भाग- २४ : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई परराष्ट्रका ‘बुलेटप्रूफ’ गाडी, बिग्रेको गाडी प्रदेश सरकारलाई !

भाग- २३ : सर्वाेच्च न्यायमूर्तिको ‘गैरकानूनी परम्परा’ : नयाँ गाडी किन्दै, घर लैजाँदै !

भाग- २२ : सेवासुविधा निर्देशिका नै मान्दैनन् सिंहदरबारका कर्मचारी, सवारीसाधन प्रयोगमा छाडा

भाग- २१ : महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग

भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा

भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !

भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

असार ३१, २०७६ मा प्रकाशित

नारायण अर्याल

पत्रकार अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार