×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले आणविक परीक्षण गर्ने धम्की दियो, अमेरिकाले धोका दिएको आरोप

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र परीक्षण पुनः गर्ने संकेत दिएको छ । अमेरिका र दक्षिण कोरियाका सेनाले गर्न लागेको सैन्य अभ्यासले वाशिङटनसँग चलिरहेको निःशस्त्रीकरण अभ्यासमा खलल पुग्ने उत्तरको भनाइ छ । 

Muktinath Bank

मंगलवार एक वक्तव्य जारी गरेर उत्तरको परराष्ट्र मन्त्रालयले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको सहमतिको मर्मलाई उल्लंघन गर्ने गरी अगस्ट महिनामा सैन्य अभ्यास गर्न लागिएको बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष सिंगापुरमा भएको पहिलो शिखर बैठकपछि ट्रम्पले दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास रोक्ने सहमति जनाएका थिए । 


Advertisment
Nabil box
Kumari

उत्तरले आणविक र क्षेप्यास्त्र परीक्षण रोक्ने कुरा प्रतिबद्धता मात्र भएको र द्विपक्षीय सम्बन्धलाई सुधार गर्न यसो गरिएको र यो कुनै कागजमा लेखिएको कानूनी दस्तावेज नभएको बताएको छ । 

Vianet communication
Laxmi Bank

‘अमेरिकाले आफ्ना प्रतिबद्धता एकपक्षीय रूपमा उल्लंघन गरेपछि हामीले पनि अमेरिकासँग गरेको प्रतिबद्धतामा अडान राख्नुलाई जायज ठहर्‍याउन छोडेका छौं,’ वक्तव्यमा भनिएको छ । 

प्योङयाङले पछिल्लोपटक नोभेम्बर २०१७ मा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो तर त्यसपछि उसले छोटा दूरीका हतियार मात्र परीक्षण गरेको छ । अन्तिम आणविक परीक्षण भने उसले सेप्टेम्बर २०१७ मा गरेको थियो । 

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुने सैन्य अभ्यासलाई लामो समयदेखि आलोचना गर्दै आइरहेको छ । आफूमाथिको आक्रमणको पूर्वाभ्यासका रूपमा उसले यसलाई लिएको छ । 

द वाशिङटन पोस्टबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x