कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषद (एनसीसी) युएईको अधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ ।
युएईको कानूनलाई देखाएर अधिवेशन रोक्ने प्रयास भइरहेको एनआरएन युएईका एक पदाधिकारीले बताए । यसअघि संघले आगामी अगस्ट १६ तारिखका दिन अधिवेशनको मिति तोकेको थियो ।
संघको फुजेरा, रासअल खेमाह, अज्मान, शारजाह र अबुधाबी क्षेत्र गरेर ५ क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । ५ क्षेत्रमा सम्पन्न अधिवेशनले १३ सय २५ सदस्य सहित १ सय ३२ जना पार्षद छनोट गरिसकेको छ ।
स्रोतका अनुसार एनआरएन युएईका वर्तमान अध्यक्ष रमेश श्रेष्ठ सिडिएको (कम्युनिटी डेभलपमेन्ट अथोरिटी) निर्देशन अनुसार अधिवेशन गर्न नसकिने भन्दै पछि हटेका छन् ।
सिडिए दुबईको सरकारी निकाय हो । एनआरएन युएई गत मार्च महिनामा 'नेपाल एसोसियसन'को नाममा दुबईमा दर्ता भएको छ भने दुबईमा दर्ता भएपश्चात दुबईको कानून अनुसार अधिवेशन गर्न असम्भव रहेको भन्दै श्रेष्ठले यही कार्यसमितिलाई दोहोर्याउनुपर्ने धारणा आफ्ना निकटस्थसँग राख्ने गरेका छन् ।
चौतर्फी दबाब बढेपछि सहमतिमा श्रेष्ठले अध्यक्ष पद छोड्ने बताएका थिए । अधिवेशन भएमा अध्यक्षका अर्का प्रत्यासी प्रकाश कोइरालाले जित्ने पक्कापक्की भएपछि श्रेष्ठ अधिवेशन नै नगर्ने गरी अघि बढेको श्रोतको दाबी छ ।
श्रेष्ठकै आग्रहमा मंगलबार (आज) बेलुकी आकस्मिक बैठक डाकिएको छ । बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गर्नसक्ने वर्तमान कार्यसमितिका एक पदाधिकारीको दाबी छ ।
अधिवेशन नभएमा के हुन्छ ?
अधिवेशन नभएको अवस्थामा विधानअनुसार विशेष समितिले वर्तमान कार्यसमितिको जिम्मेवारी लिनेछ भने कार्यसमिती स्वतः खारेज हुनेछ ।
विशेष समितिले अर्को मिती तोकेर अधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्नेछ । २ वर्ष भित्र अधिवेशन गर्न नसकेको अवस्थामा विशेष समिति सक्रिय हुने विधानत व्यवस्था छ ।
त्यस्तो अवस्थामा नेपाल एसोसियसन युएई एनआरएनबाट अलग्गिनेछ ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...