×

NMB BANK
NIC ASIA

संसदमा चल्यो जुहारी

कांग्रेस सांसदले ‘सिंहदरबारका जनप्रतिनिधि’को संरक्षणमा निर्मलाको हत्या भएको भनेपछि ...

साउन २८, २०७६

NTC
Premier Steels

काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या सिंहदरबारका जनप्रतिनिधिको संरक्षणमा भएको आरोप लगाएका छन् । 

Muktinath Bank

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कंडेलले निर्मला हत्या प्रकरण पञ्चायतको समयमा पोखरामा भएको नमिता–सुनिता हत्या काण्डजस्तै भएको टिप्पणी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२०३८ सालमा पोखरामा नमिता–सुनिता हत्या काण्ड भएको थियो, दरवार र श्रीपेचको आडमा त्यो घटना लुकाइयो’ कंडेलले भने, ‘विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा कञ्चनपुर घटना भएको महसूस गरेको छु ।’ 


Advertisment
Nabil box
Kumari

उनले निर्मला हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले दिएको सार्वजनिक अभिव्यक्ति समेत आपत्तिपूर्ण रहेको बताए । ‘निर्मला हत्या जस्ता घटना विगतमा पनि भएका थिए, आज पनि छन्, भविष्यमा पनि हुनसक्छन् भन्ने ? यदि गृहमन्त्रीको यही ठहर हो भने निर्मला जस्तै घटना तपाईंको परिवारमा भएको भए तपाईंको अभिव्यक्ति यही हुन्थ्यो ? गृहमन्त्रीले यो अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ,’ कडेलले भने ।

Vianet communication

उनले गृहमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको बताए । 

कंडेलको अभिव्यक्तिप्रति नेकपाकी सचेतक शान्ता चौधरीले नियमापत्ति गर्न खोजिन् । नियमापत्ति शब्द उच्चारण नगरी उनले भनिन्– ‘सिंहदरबारबाट घटाइएको भन्ने कुरा उहाँजत्तिको मान्छेले भन्न मिल्छ सभामुख महोदय ? यो शब्द रेकर्डबाट हटाउनु पर्छ ।’

कांग्रेस सांसदको भनाइमा सत्तारुढ दलकी सांसदले जवाफ फर्काएपछि कांग्रेसका मीनबहादुर विश्वकर्माले नियमापत्तिमाथि नियमापत्ति गरे । ‘संसदमा एक माननीय बोलेको बेला अर्को माननीयले जवाफ दिएर जुहारी गराउन मिल्छ ?’ विश्वकर्माले सभामुखसँग प्रश्न गरे । 

जवाफमा सभामुख कृष्णबहादुर महराले भने, ‘नियमापत्ति नै हो माननीय ज्यू !’

महराले थपे, ‘माननीयजीले बोलेको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यसलाई के गर्ने मैले निर्णय गर्छु ।’
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x