कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
बैतडी – आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती शिविरमार्फत संकलन गरिएको मतदाता नामावली संकलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो ।
बैतडीमा साउन १६ गतेसम्म १ लाख ४३ हजार २४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए ।
विक्रम संवत् २०७४ भदौ ४ गतेसम्म बैतडीमा १ लाख ३६ हजार २४२ जनाको मतदाता नामावलीमा नाम दर्ता रहेको थियो ।
प्रतिनिधिसभाको निर्वाचनमा १ लाख ३२ हजार ३१९ जनाले मतदान गर्न पाउने अन्तिममा नामावली आएको थियो । मतदान गर्न नपाउने १६ वर्ष पूरा भई १८ वर्ष नपुगेका रहेका थिए । १८ वर्ष पूरा भएपछि मात्रै निर्वाचन मतदानमा सहभागी हुन पाउने व्यवस्था छ । त्यसपश्चात पुनः शुरू भएको मतदाता नामावली संकलनमा बैतडीमा ७ हजार १ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।
संकलन भएका मतदाता नामावली निर्वाचन आयोगमा पठाइसकिएको र भदौ दोस्रो हप्तामा मात्र वास्तविक नामावली आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीका ३ वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ ।
वडाध्यक्ष रिक्त रहेको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो । दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको बिरामी भई निधन भएको र पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
उपनिर्वाचनमा साउन १६ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता भएकाले मत हाल्न पाउने छन् । बैतडीसहित देशभर रिक्त रहेका विभिन्न ५१ पदका लागि आगामी मंसिरमा उपनिर्वाचन हुँदैछ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...