शेयर बजार ६ अंकले घट्यो

भदौ ९, २०७६

काठमाडौं–  साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६ अंकको गिरावट आएको छ । सोमबार नेप्से ६ दशमलव ४९ अंकले घटेर १ हजार २०३ दशमलव १३ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १ दशमलव ०७ अंकले घटेर २ सय ६२ दशमलव ३७ अंकमा पुगेको छ । 

बजारमा १७१ कम्पनीका १६ लाख ३ हजार ३२६ कित्ता सेयर ३८ करोड ५ लाख ९६ हजार ५७१ रुपैयाँमा कारोबार भए । आज बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्ये सबै समूह ओरालो लागे । 


ADVERTISEMENT

सोमबार प्रभु बैंकको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १० करोड २१ लाख ६१ हजार ७८४ रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक कमाए ।
 

भदौ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस