दमको औषधिले मानसिक समस्या ल्याउने चेतावनी

असोज ५, २०७६

काठमाडौं – बेलायतमा दमको रोगमा खाइने मोन्टेलुकास्ट नामक शक्तिशाली औषधिले आत्महत्याको सोच र दिग्भ्रमको समस्या आउन सक्छ भनी चिकित्सकहरूले रोगीलाई बताउनुपर्ने भएको छ । 

बालबालिका लगायत धेरै रोगीहरूले यो औषधि खाएपछि दुःस्वप्न देखेको, जागै रहँदा पनि विचित्रका कुरा देख्ने गरेको र आत्महत्या गरूँ गरूँ जस्तो लाग्ने गरेको बताए । औषधिको ब्रान्ड नाम सिंगुलेयर हो । 


ADVERTISEMENT

कडा दम लाग्दा अनि हेफिभरसँग लड्न यो औषधि निकै प्रभावकारी हुन्छ । 

तर मेडिसिन्स यान्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटोरी एजेन्सीले सुरक्षा चेतावनी जारी गर्दै यस औषधिमा स्नायुमनोचिकित्साजन्य प्रतिक्रिया आउने बताएको छ । 

द डेली मेलले यसको बारेमा समाचार छापेपछि धेरै मानिसले नियामक संस्थासँग सम्पर्क गरेर चिकित्सकहरूले आफूलाई यसबारेमा केही नबताएको गुनासो गरे । 

तर नियामक संस्थाले जोड दिँदै भन्यो, ‘मोन्टेलुकास्ट औषधि छोड्नुअघि चिकित्सकको परामर्श लिनु महत्त्वपूर्ण छ ।’

त्यो किन भने औषधि च्याट्टै छोड्दा दमले च्याप्ने समस्या दोहोरिने सम्भावना हुन्छ ।

एजेन्सी
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस