×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

जेलमुक्त हुने आलमको प्रयास असफल–टोपबहादुरको चाहनामा ब्रेक, स्वास्थ्य मन्त्रालयमा ‘छाया मन्त्री’

काठमाडाैं | बैशाख १४, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको जेलबाट छुट्ने चाहना अन्ततः पूरा हुन सकेन । रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको फैसला सुनाएपछि जेलबाट छुट्ने चाहनामा ब्रेक लागेको हो । 

Muktinath Bank

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग आलमलाई थियो । उनीसहित उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।
००००
पूर्व उपप्रधान मन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीवार रायमाझी लगायत ७ जनाको सवालमा उच्च अदालत पाटनको आदेश सदर गर्दै कानूनबमोजिम गर्न आदेश गरेको हो ।


Advertisment
Nabil box
Kumari

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणमा रायमाझी २०८० वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठस्थित पासिकोटबाट पक्राउ परेका थिए ।
००००
देशभरमा नै कक्षा १२ को परीक्षा शुरू भएको छ  । शुक्रबार बिहान ८ बजेदेखि परीक्षा शुरू भएको हो । 

Vianet communication

यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थी सहभागी छन् ।
००००
गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । 

प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ति दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
००००
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । 

विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरिएको जनाएको हो।
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावको निर्देशन नमान्ने बताएका छन् । वैशाख ७ गतेको प्रदेशसभा बैठकले संकल्प प्रस्ताव पारित गरेको थियो ।

मुख्यमन्त्रीलाई सरकारमा सहभागी रहेको दलले समर्थन फिर्ता लिएकाले सो अवधिदेखि एक महिनाभित्र विश्वासको मत लिन निर्देशन दिइएको थियो ।
००००
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्याका बारेमा छलफल भएको छ । 
बैठकमा गम्भीर रुपमा छलफल भएर यस सम्बन्धमा तत्काल कानून व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । 
नेकपा एमाले संसदीय दलका नेताको रुपमा मुख्यमन्त्री बनेका कँडेलले बिहीवार कर्णाली प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । 
००००
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् ।

स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
००००
वैशाख १५ गते शनिवार हुन गइरहेको उपनिर्वाचनअन्तर्गत इलाम–२ का १९ मतदानस्थल अति संवेदनशील रहेको प्रहरीले निष्कर्ष निकालेको छ । कुल ७९ मतदानस्थलमध्ये ३९ वटा सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले बिहीवार पत्रकार सम्मेलन आयोजन गरी उपचुनावको सुरक्षाका लागि १ हजार ३६३ प्रहरी परिचालन गर्न लागिएको जानकारी गराएको हो । प्रहरीले ३९ मतदानस्थललाई सामान्य, २१ लाई संवेदनशील र  १९ वटालाई अतिसंवेदनशीलमा सूचीकृत गरेको छ ।
००००​

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुन धरौटी रकम नबुझाएका कारण कारागारमै छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई वैशाख ७ गते जिल्ला अदालत, रूपन्देहीले ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
००००
गृहमन्त्री रवि लामिछानेविरुद्ध टीकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै जाजरकोटको तत्कालीन टालेगाउँ स्थाई वतन भई हाल कीर्तिपुर काठमाडौं बस्ने २७ वर्षीय गणेशमान सिंहले पोष्ट गरेको भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा छाया मन्त्रीको झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ ।

मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका छोरा अमरेन्द्रले गर्ने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । उपेन्द्रको अनुपस्थितिमा अमरेन्द्रले नै मन्त्रीले गर्नुपर्ने बैठक गर्ने गरेको कर्मचारीहरूको भनाइ छ । 
उपेन्द्रको अनुपस्थितिमा सबै काम अमरेन्द्रले नै गर्ने भएकाले कर्मचारीहरूले उनलाई ‘छायाँ मन्त्री’को उपमा दिन थालेका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x