एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

असोज ५, २०७६

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी उपाध्यक्षको लागि अर्जुनकुमार श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । 

एनआरएनएको आगामी अक्टोबर १५ देखि १७ सम्म हुने नवौं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनले एनआरएनएमा नयाँ नेतृत्व चुन्नेछ । 


ADVERTISEMENT

बेल्जीयममा रहेका श्रेष्ठ एनआरएनएको स्थापना कालदेखि नै सक्रिय रहँदै आएका छन् । यसअघि उनी दुई कार्यकाल आइसीसी सदस्यका साथै युरोप संयोजक, आइसीसी सचिव बनिसकेका छन् ।  

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस