यस कार्यालयका कर्मचारी आफैं बढाउँछन् तलब, बोसले गर्दैनन् हस्तक्षेप

असोज ६, २०७६

काठमाडौं – लन्डनको ग्रान्टट्री नामक कम्पनीमा काम गर्ने कर्मचारीहरूले आफ्नो तलब आफैं बढाउने गरेका छन् । 

यो कम्पनी व्यापारिक संस्थाहरूलाई लगानी जुटाउने काम गर्छ । 


ADVERTISEMENT

त्यसमा काम गर्ने सिसिलिया मन्डुकाले आफ्नो वार्षिक तलब ४३ लाखबाट बढाएर ५३ लाख रुपैयाँ पुर्‍याएकी छन् । आफ्नो जिम्मेवारी बढेको र वार्षिक लक्ष्यभन्दा बढी हासिल गरेकोले तलब बढाएको उनी बताउँछिन् ।

कम्पनीमा तलब बढाउनुअघि कर्मचारीले सहकर्मीहरूसँग चर्चा गर्नुपर्ने हुन्छ । सिसिलियाले सहकर्मीहरूसँग तलब बढाउने विषयमा चर्चा गर्दा उनीहरूले माने । 

ग्रान्ट ट्रीका ४५ जना कर्मचारीले आफ्नो तलब आफैं निर्धारित गर्न सक्छन् र सहकर्मीले स्वीकृति दिएसम्म तलब समीक्षा पनि गरिरहन सक्छन् । 

एजेन्सी

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस