×

NMB BANK
NIC ASIA

राष्ट्रपति भण्डारी जापानी सम्राट्को गद्दी आरोहणमा सहभागी

कात्तिक ५, २०७६

NTC
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा आज अपराह्न सहभागी हुनुभएको छ  इम्पेरियल प्यालेसमा भएको समारोहमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि सहभागी हुनुभयो ।  नयाँ सम्राट्लाई बधाई  तथा शुभकामना दिन करीब १८० देशका  राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि राजधानी टोकियो आउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन  आइतबार  राजधानी टोकियो आउनुभएको थियो । 
    स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म भएको समारोहमा राजा नोरुहितो  क्रिसान्थेमम थ्रोन भनिने राजसिंहासनमा आसन ग्रहण गर्नुभयो  ।  साम्राज्ञी मासाकोले पनि आफ्ना आसन ग्रहण गर्नुभयो । समारोहमा अतिथिहरुले सम्राट् र  साम्राज्ञीप्रति उठेर शुभकामना तथा सम्मान जाहेर गरेका थिए ।। समारोहमा सम्राट् नोरुहितोले राष्ट्रका नाममा सम्बोधन गर्दै  आफूले आफ्ना पिता अकिहितो जस्तै जनताको सुखदुःखमा सहभागी भई शान्तिका लागि काम गर्ने बताउनुभयो । प्रधानमन्त्री सिन्जो आबेले चियर्स गरी बधाई मन्तव्य दिँदै जापानी सम्राट् राष्ट्रिय एकताको प्रतीक भएको बताउनुभयो । समारोहका अवसरमा इम्पेरियल प्यालेस बाहिर पानी झमझम नै परिरहेको थियो ।
आजै साँझ गद्दी आरोहणका उपलक्ष्यमा अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना गरिएको थियो । राजकीय भोजमा राष्ट्रपति भण्डारी अन्य अतिथिहरुसँगै सरीक हुनुभयो । राजदूत राणाका अनुसार  प्रधानमन्त्री आबेले बुधबार राजदूतहरुका लागि भोजको आयोजना गर्नुभएको छ  भने सम्राट् नोरुहितोबाट कात्तिक १४ गते भोजको आयोजना हुनेछ । 
सन् १९६० फेब्रुअरी २३ मा जन्मनुभएका सम्राट् नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन हुनुभएपछि रिवा युग शुरु भएको मानिएको छ । आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी  परित्याग गरेपछि उहाँ जापानका १२६ औँ सम्राट् हुनुभएको हो । सानोमा पर्वतारोहण, घोडचढी र भ्यायलनमा रुचि राख्ने  उहाँ हाल जल नीति र जल संरक्षणमा अभिरुचि राख्नुहुन्छ । उनन्साठी वर्षीय नारुहितोले आफू गत मेमा सम्राट् बनेपछि राज्य र एकताको प्रतीक बन्ने घोषणा गर्नुभएको थियो ।
पूर्वी एशियामा पर्ने जापानमा  संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ ।  प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् । तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य छ वर्षका लागि चुनिन्छन् । जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ । गद्दी आरोहण समारोहका लागि राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलका सदस्य बनी गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी तथा सञ्चारकर्मी पनि  यहाँ आउनुभएको  थियो  ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x