×

NMB BANK
NIC ASIA

सुर्खेतका कमल खड्का ‘जुनी’ कम उमेरमै बसको सहचालक बने । त्यसपछि चालक हुँदै उनी सुर्खेतमै सफल व्यवसायी बनेका छन् ।

Muktinath Bank

उनले जिन्दगीको गोरेटोमा थुप्रै संघर्ष गरे । खाउखाउ र लाउलाउ भन्ने उमेरमै अभिभावक गुमाए । उनले कयौं रात बसको स्टीयरिङमै बिताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैलेख जिल्लाको साविकको छिउडी पुसाकोट गाविस–१ मा जन्मिएका जुनीले कर्मभूमीको रुपमा सुर्खेतलाई चुने ।


Advertisment
Nabil box
Kumari

‘१५ वर्षको उमेरमा मैले आमा गुमाएँ । आमा गुमाएको  २ वर्षअघि मात्रै मैले आफ्नो दाजु गुमाइसकेको थिएँ । आमा र दाजु गुमाउँदा दुःखका दिन शुरू भए,’ उनले भने । यससँगै पढाइ प्रभावित भयो, सरकारी जागिर खाने उनको धोको तुहियो ।

Vianet communication
Laxmi Bank

सहचालक हुँदै चालक बनेको त्यो समय

सुर्खेतदेखि बाहिरका जिल्लामा जान बिस्तारै सडक बन्दै थिए । त्यही बेला जुनीले बस सेवा क्षेत्रमा हाम्फाले । ‘असिम भण्डारीको ना१ख ९५२९ नम्बरको बसमा कहिलेकाहीँ हिँड्थे,’ जुनी सम्झिए, ‘गाडीमा हिँड्दा रुपैयाँ गन्न पाइने, राम्रो खाना खान पाइने र यात्रुले गाडीका स्टाफलाई राम्रो व्यवहार गर्ने शैलीले गाडीमै हिँड्न मोहित गरायो ।’ उनले सुर्खेत–दैलेख रुपमा सहचालकको काम गरे ।

२०६१ सालमा उनका भिनाजु (सुदर्शन श्रेष्ठ) सहितको समूहले सुर्खेतमा पहिलो पटक मध्यपश्चिमाञ्चल माइक्रो यातायात समिति खोले । त्यहीँ समितिमा भिनाजुको भे१ज २४४ नम्बरको हाइस गाडी चलाउने चालक बने उनी ।

सुर्खेत–नेपालगञ्ज रुटमा जुनीले गाडी चलाउँथे । पारिवारिक घुमघामका लागि पाल्पा जाँदै गर्दा जुनीले चलाएको हाइस गाडी दुर्घटना भयो । गाडीमा क्षति पुगेपनि भाग्यवश उनीसहित परिवारका सदस्यलाई केही भएन । 

‘गाडी दुर्घटनामा परेपछि फेरि जन्म भएको महसूस गरिरहेको छु । भाग्यले साथ नदिएको भए म आज तपाईंसँग यसरी कुरा गर्ने अवस्थामा रहन सक्थेन होला,’ उनी भन्छन्, ‘३ महिनासम्म मैले गाडी चलाइनँ तर पछि पुनः भिनाजुले नयाँ हाइस किनेपछि फेरि गाडी चलाउन शुरू गरें ।’ उनले नेपालगञ्ज रुटमा दैनिक ३ पटक यात्रु बोक्थे ।

यातायात समितिको पदाधिकारीमा प्रवेश

यातायात क्षेत्रमा धेरै सिकेका जुनी मध्यपश्चिमाञ्चल माइक्रो यातायात समितिको सहसचिवमा भए । एक कार्यकाल उनले सहसचिव चलाए । त्यसपछि उनी समितिमा सचिव भए ।

‘यातायात क्षेत्र त्यो बेला सहज थिएन । सीमित व्यक्तिका कारण नयाँ समिति खोल्न पापड बेल्नुपर्थ्यो,’ जुनीले थपे, ‘माइक्रो समिति विलय भएपनि २०६९ सालमा सुर्खेतमै पहिलो पटक सुर्खेत यातायात प्रालि सञ्चालनमा ल्यायौं । म त्यो प्रालिको सल्लाहकारमा रहेर काम गरे ।’ तर पछि अन्य समितिमै बिलाउनुपर्‍यो । उनले सुर्खेतमा नयाँ यातायात व्यवसाय सञ्चालन गर्दा टिक्न नदिने कारणहरू केलाउन थाले । 

त्यसपछि उनले नयाँ समितिलाई टिकाउने रणनीतिबारे सोच्न थाले । ‘यातायातमै बसेर मर्यादित संस्था चलाउन सकिन्छ भन्ने हेतुले २०७२ सालमा देउती नागरिक यातायात प्रालि सञ्चालन गर्ने निधो गरें,’ उनले भने, ‘३ वटा माइक्रो गाडीबाट हाम्रो टीमले सेवा शुरू गर्‍यो । बिस्तारै प्रालिले आकार लियो, अहिले ६२ वटा गाडी पुगेका छन् । प्रालिले सुर्खेतदेखि दैलेख, बाबियाचौर, जाजरकोट, नेपालगञ्जसम्म सेवा दिइरहेको छ ।’

प्रालिलाई थप उचाइसम्म ल्याउन सचिव रमेश खड्का, कोषाध्यक्ष ओमप्रकाश तिवारी, सदस्यहरू पदमदेव गिरी, टोपबहादुर महतरा, साजन केसी लगायतको अहम भूमिका रहेको उनी बताउँछन् । यात्रुको माग अनुसारको सेवा प्रवाह गर्न सुदर्शन श्रेष्ठ, महेन्द्र शाही र प्रमोद हमालबाट सल्लाह लिइरहेको जुनीले बताए ।

‘सानैमा अभिभावक गुमाए । हरेक चिज किनेरै खानु पर्थ्यो । त्यो अवस्थामा मलाई गाडी लाइनबाटै बाँच्न सिकायो,’ जुनीले भने, ‘दबाब र थिचोमिचो नसहने र गाडी क्षेत्रका सबै कर्मचारी समान हुन् र उनीहरूकै निम्ती काम गर्नुपर्छ भन्ने स्वभावकै कारण सबैको प्रिय बनेको छु ।’

देउती नागरिक यातायात प्रालिलाई नै व्यवस्थित र मर्यादित यातायात बनाउने राणनीतिमा उनी छन् । सुर्खेत–काठमाडौं रुटमा सञ्चालन गर्दै आएका बस अझ थप सुविधासम्पन्न खालका बनाउँदै नयाँ बस थप्ने तयारीमा लागेका जुनीले प्रालिमा आवद्ध व्यवसायीले तिर्नुपर्ने कर प्रालि स्वयंले तिर्दै आएको बताउँछन् । प्रालिमा आवद्ध सवारी चालक, सहचालक र अन्य कर्मचारीका छोराछोरीलाई निःशुल्क पढाउन स्कूल सञ्चालनको तयारीमा लागेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x