थाहा पाउनुस् आमिर, सलमानदेखि कट्रिनासम्मको शैक्षिक योग्यता

हरेक क्षेत्रमा उठ्ने विषय हो, शैक्षिक योग्यता। सरकारी होस् वा निजी क्षेत्रमा जागिर खानका लागि त निश्चित शैक्षिक योग्यता हुनै पर्छ।

फिल्म क्षेत्रमा पनि शैक्षिक योग्यता उच्च भएकाहरु नभएको होइन। विशेष गरी नयाँ युवा पुृस्ता। तर, कुनै जमाना यस्तो थियो, रहरले नै फिल्ममा लागेकाहरु पढ्न पाएनन्।


Advertisement

हामी तपाईँहरुलाई बलिउडका केही कलाकारको शैक्षिक योग्यताको बारेमा जानकारी दिँदैछौँ। 

आमिर खान: उनी २६ वर्षभन्दा बढी समयदेखि बलिउडमा छन्। उनले कुन विद्यालयमा कहिले र कति पढे भन्ने बाहिर सार्वजनिक भएको छैन।


Advertisement

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा आमिरले विद्यालयसँग आफ्नो कुनै नाता नरहेको बताएका थिए। तर, उनी बलिउडका चर्चितमध्येका अभिनेता हुन्। जो, केही शो पनि चलाउँछन्। 

सलमान खान:  सिन्धिया स्कुल ग्वालियर र सेन्ट स्टीन्सला स्कुल मुम्बइपछि उनी नेश्नल कलेज मुम्बइमा भर्ना भएका थिए। तर त्यसपछि उनी कलेज गएनन्। सलमानले माध्यमिक शिक्षासम्म अध्ययन गरेका छन्।

अक्षय कुमार : अक्षय खालसा कलेज मुम्बइमा ११ कक्षामा भर्ना भए। तर त्यसपछिको उच्चशिक्षाबाट उनी टाँढै रहे। एक अन्तरर्वार्तामा उनले भनेका छन्, ‘विद्यालय शिक्षालाई प्राथमिकता दिइन र अनुशासन नै ठूलो कुरा हो ।’

कट्रिना कैफ: अभिनेत्री कट्रिना पनि विद्यालय जान पाइनन्। ७ भाइबहिनीमा उनी एक हुन् जो सानै उमेरमा परिवारसँग अलग हुनु परेको थियो। उनी १४ वर्षकै उमेरमा मोडलिङ क्षेत्रमा लागेकी थिइन् । जसका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।

दीपिका पादुकोण : माध्यमिक स्तरको पढाइमा हासिल गरेकी छिन् । सोफिँया स्कुल बैंलोरबाट विद्यालय तहको शिक्षा उनले प्राप्त गरेकी हुन् । 

करिश्मा कपुर : एकपछि अर्को हिट फिल्म गरेकी करिश्माले मात्र ६ कक्षा पढेकी छन् । 

आलिया भट्ट : आलियाले पनि विद्यालय तहको शिक्षा लिएकी छन्। सानै उमेरमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनले विद्यालयपछि कलेजको शिक्षालाई निरन्तरता दिन भ्याइनन् । 

काजोल :  अभिनेत्री काजोल पनि कम अध्ययन गरेकी अभिनेत्रीभित्र नै परेकी छन् । उनले पनि विद्यालय तहको शिक्षा मात्रै हासिल गरेकी छिन् । 

कंगना रनौत : कंगनाले पनि उच्च शिक्षामा पछि परेकी छन् । उनी १२ कक्षामा फेल भएकी थिइन् । फेल भएपछि उनले पढ्ने मानसिकता नै त्यागेकी हुन् । 

अर्जुन कपुर :अर्जुन पनि १२ कक्षा फेल भएका अभिनेता हुन्। बलिउडमा जमेका उनी उच्चशिक्षामा भन्दा पनि फिल्मी क्षेत्रमा बढी लगाव भएका कलाकारमा पर्दछन्। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्