मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र आम आदमी पार्टी (आप) देशको राजनीति बदल्नका लागि सत्तामा आएको बताउने गर्छन् । तर भारतीय जनता पार्टीको कट्टर हिन्दूत्वसँग प्रतिस्पर्धा गर्नका लागि आपले नरम हिन्दूत्व अपनाउन थालेको छ ।
केजरीवालले भ्रष्टाचारमुक्ति र विकासको एजेन्डामा आधारित भएर कांग्रेस पार्टीलाई हराएर सत्ता हासिल गरेको भए पनि भाजपाको सामना गर्दा आफ्नो एजेन्डामा नरम हिन्दूत्व समावेश गरे अनि हनुमानभक्त बने ।
दिल्ली विधानसभा चुनावमा आपलाई नरम हिन्दूत्वबाट राजनीतिक फाइदा पुगेको छ । केजरीवालको दलले दिल्लीको कुल ७० मा ६२ सीट जितेपछि उनी सत्तामा तेस्रोपटक आउन सफल भए ।
दिल्ली जितेपछि अब केजरीवालको नजर राष्ट्रिय राजनीतिमा परेको छ । त्यसका लागि उनी आफूलाई हनुमानभक्तका रूपमा देखाइरहने कोशिश गरिरहेका छन् र आप नेताहरूले दिल्लीमा सुन्दरकाण्ड पाठ पनि गराइरहेका छन् । केजरीवालको यो रणनीतिले कांग्रेस सहित अन्य विपक्षी दललाई खतरा हुन सक्छ ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शाहीन बागका मानिससँग उभिने भने पनि केजरीवालले आपका नेता कार्यकर्तालाई शाहीन बागबाट टाढै बस्न भने । चुनाव प्रचारमा उनले मुसलमान इलाकाको भ्रमण गर्दै गरेनन् ।
उनको यही रणनीतिका कारण भाजपाले निकै कोशिश गरे पनि हिन्दू मतको ध्रुवीकरण गर्न सकेन र केजरीवाल सत्तामा तेस्रोपटक आए ।
दिल्ली विधानसभा चुनावमा हनुमानजीको चर्चा केजरीवालले नै गराएका हुन् । चुनावका बेलामा उनले हनुमान चालीसा गाउने, बजरंगबलीको मन्दिर जाने र जीतपछि हनुमानजीलाई धन्यवाद भन्ने काम गरिरहे । शपथग्रहणको दिन पनि निधारमा तिलक लगाएर उनी रामलीला मैदान पुगेका थिए । त्यसअघि केजरीवाल दुईपटक मुख्यमन्त्री बन्दा तिलक लगाएर मञ्चमा देखिएका थिएनन् ।
केजरीवाल सन् २०१३ मा मुख्यमन्त्री बन्दा उनको पार्टी कार्यालय नजिकै रहेको हनुमान मन्दिर पुगेका थिएनन् । त्यतिखेर जीतपछि पनि उनी हनुमान मन्दिर गएका थिएनन् र भाषणमा पनि हनुमानजीको नाम लिएका थिएनन् ।
त्यतिखेर आपको कार्यालय पटेलनगरमा थियो र त्यहाँबाट केही किलोमिटर पर प्रसिद्ध हनुमान मन्दिर छ तर उनी त्यहाँ गएका थिएनन् ।
केजरीवालले जनताको लागि काम गरेर चुनाव जित्ने फर्मुला देशभरि लग्न चाहेको बताएको भए पनि हनुमानजीको भक्ति प्रदर्शन किन गरिरहेका हुन् ? भाजपा र नरेन्द्र मोदीका अगाडि बलियो विकल्पका रूपमा आफूलाई पेश गर्नका लागि केजरीवाल र उनको दलले नरम हिन्दूत्वलाई अंगीकार गरेको हुनुपर्छ ।
सन् २०१४ मा मोदी केन्द्र सरकार प्रमुख भएपछि देशको राजनीतिक कोर्स परिवर्तन भएको छ । भाजपाको कट्टर हिन्दूत्वसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दल पनि नरम हिन्दूत्वमार्फत आफ्नो अस्तित्व कायम राख्न चाहन्छन् ।
त्यसक्रममा केजरीवाल मात्र नभई राहुल गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव पनि नरम हिन्दूत्व अपनाइरहेका छन् ।
कांग्रेसको हिन्दूविरोधी छवि तोड्नका लागि राहुल गान्धीले नरम हिन्दूत्व अपनाएका छन् । गुजरात विधानसभा चुनावमा प्रचार गर्दा उनले अनेकौं मन्दिरमा दर्शन गरे । कांग्रेसलाई यसको राजनीतिक लाभ पनि प्राप्त भयो । पछि राहुल कैलाश मानसरोवर गए अनि आफूलाई शिवभक्त घोषणा गरे । नरम हिन्दूत्वको फर्मुलालाई कांग्रेसले मध्य प्रदेश, छत्तीसगढ र राजस्थान विधानसभामा अपनायो र सत्ताप्राप्ति गर्यो ।
राहुलपछि प्रियंका गान्धी पनि नरम हिन्दूत्व अपनाएर राजनीतिमा अघि बढ्न चाहेको देखिन्छ । त्यसक्रममा उनले प्रयाग संगमबाट काशीसम्म गंगामा नौकायात्रा गरेकी थिइन् । त्यसबाहेक प्रियंकाले प्रयागराज, चित्रकूट, काशीका अनेकौं मन्दिरमा दर्शन गरेर राजनीतिक अस्तित्व जोगाउने कोशिश गरिरहेकी छन् ।
सन् २०१७ मा उत्तर प्रदेशको सत्ता गुमाएपछि सपा अध्यक्ष अखिलेश यादवले पनि पार्टीलाई मुस्लिम छविबाट बाहिर निकाल्न नरम हिन्दूत्वको दिशामा कदम बढाएका थिए । अखिलेशले आफूलाई कृष्णभक्तका रूपमा पेश गरे ।
उनले इटावाको सैफईमा भगवान् श्रीकृष्णको ५१ फीट अग्लो प्रतिमा बनाउन लगाए । अपन आजकल उनी लगातार मन्दिरहरूको दर्शन गरिरहेका भेटिन्छन् ।
भाजपाले हिन्दू मतदाताहरूमा पकड बनाएपछि केजरीवालले उसलाई ब्याकफूटमा धकेल्न हनुमानभक्तका पमा प्रस्तुत गरिरहेका छन् । भाजपाले उनलाई नक्कली हनुमानभक्त बताउने कोशिश गरेको भए पनि उसलाई कुनै फाइदा भएन ।
केजरीवालले भाजपालाई हराउन विकासका साथसाथै देशको बहुसंख्यक समुदायको धार्मिक भावनालाई विचार गर्ने रणनीति अपनाएका छन् । त्यो रणनीति अपनाएर केजरीवालले भाजपाको दह्रो विपक्षीका रूपमा आफूलाई उभ्याउन खोजेका छन् । त्यसले भाजपा र अन्य दलहरूको चिन्ता बढाउने देखिन्छ ।
आजतकमा प्रकाशित कुबूल अहमदको विश्लेषण
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...