×

NMB BANK
NIC ASIA

बालुवाटार छिर्नुअघि बाँस्कोटाका २ प्लान, ‘प्लान ए’ फेल भए मात्रै राजीनामा !

फागुन ८, २०७६

NTC
Premier Steels

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको व्यापार मेलामा सहभागी हुन कञ्चनपुर पुगेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटामाथि घूसका लागि ‘बार्गेनिङ’ गरेको गम्भीर आरोप लाग्यो । 

Muktinath Bank

गम्भीर आरोप लागेपछि पनि बाँस्कोटा बिहीवार बिहान कञ्चनपुरका विभिन्न ठाउँमा पूर्वनिर्धारित कार्यकर्ता भेटघाटमा सहभागी भए । खानेपानीमन्त्री बिना मगर निर्वाचित भएको कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका बेलडाँडी, बेलौरी र पुनर्वासमा आयोजित कार्यक्रममा सहभागी भएर मन्त्री बाँस्कोटा काठमाडौं फर्किंदैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको धनगढी विमानस्थलबाट विमानमार्फत बाँस्कोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएर उनी सिधै बालुवाटार जानेछन् । बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँस्कोटालाई बालुवाटार बोलाउने सल्लाह गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले ७० करोड घूसका लागि डील गरेको अडियो सार्वजनिक भएपछि नेकपाभित्रको राजनीति तरङ्गित भएको छ । ओलीसँगको भेटमा प्रचण्डले बाँस्कोटालाई राजीनामा गराउन सुझाव दिएका छन् ।

Vianet communication

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले घूस प्रकरणले पार्टीलाई समेत क्षति पुर्‍याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

तर विवादमा मुछिएका मन्त्री बाँस्कोटा सहजै राजीनामा दिने मनस्थितिमा छैनन् ।

स्रोतका अनुसार आफूमाथि लागेको आरोपबारे प्रधानमन्त्री ओलीलाई प्रस्ट पार्ने ‘प्लान ए’ बाँस्कोटाले बनाएका छन् । ‘अध्यक्षद्वयसँग बालुवाटारमा भेट गरेर उहाँले आफू निर्दाेष रहेको स्पष्ट पार्ने कोसिस गर्नुहुनेछ,’ स्रोतले भन्यो, ‘अध्यक्षद्वयले आफ्नो कुरा मान्नुहुनेछ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।’

कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बाँस्कोटाले बिहान भने, ‘जसले गल्ती गर्छ, त्यो जान्छ । यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’

कार्यक्रममा उनले आफूले घूस नलिएको बताएका थिए ।

अध्यक्षद्वयलाई मनाउन सकेमा बाँस्कोटाको मन्त्री पद जाने सम्भावना टर्नेछ । तर अध्यक्षद्वय बाँस्कोटाको कुरामा सहमत भएनन् भने उनले राजीनामा दिनुपर्नेछ ।

पार्टीलाई क्षति हुने अवस्थामा आफूले मन्त्री पदबाट राजीनामा दिने संकेत समेत बाँस्कोटाले गरेका छन् तर राजीनामाको विकल्प बाँस्कोटाका लागि ‘प्लान बी’ हो ।

प्रधानमन्त्री ओलीले बाँस्कोटालाई बालुवाटार बोलाएर कुरा गर्ने र त्यसपछि आवश्यक कदम चाल्ने तयारी गरेका छन् ।

ओलीसँग कुरा गर्न बाँस्कोटा विमानस्थलबाट सिधै बालुवाटार जानेछन् । बाँस्कोटालाई राजीनामा गराउनुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई पार्टीबाट आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x