×

NMB BANK
NIC ASIA

उपाध्यक्ष वामदेव गौतमको पक्षमा उभिए गृहमन्त्री थापा, सुरक्षा स्थिति बुझ्न पोखरामा

फागुन १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशको सुरक्षा अवस्था सुदृढ पार्न सुरक्षा निकायका प्रमुख पोखरामा भेला भएका छन् ।

Muktinath Bank

गण्डकी प्रदेशस्तरीय सुरक्षासम्बन्धी गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले कालापानी र लिपुलेक समेटेर छिट्टै नेपालको नक्सा सार्वजनिक गरिने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सीमा विवाद् अन्त्यका लागि भारतीय पक्ष पनि छलफल सकारात्मक भएको उल्लेख गर्दै सो कुरा बताए । उनले नेकपा पार्टीभित्रको विवाद बाहिर आएजस्तो नभएको दाबी गर्दै राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतम नै मनोनित हुने बताए । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्री थापाले पार्टीभित्रको विवादलाई लिएर राजनीतिक विश्लेषकले गरेको मध्यावधि चुनावको आकलन सही नहुने भन्दै तत्काल चुनाव नहुने स्पष्ट पारे । उनले पार्टीभित्र अन्तरकलह र विमति भइरहन्छन् तर त्यो सहमति आधारमा टुंगिने बताए ।

Vianet communication
Laxmi Bank

सुरक्षासम्बन्धी गोष्ठीले गण्डकी प्रदेशको समग्र सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने रणनीति, जिल्लाका सुरक्षा चुनौती, समीक्षा र भावी योजना एवं रणनीति तयार गर्नेछ ।

गोष्ठीमा व्यवसायमा एकाधिकारको अवस्था, सुशासनका लागि गर्नुपर्ने कार्य तथा सुरक्षासम्बन्धी सम्बन्धमा छलफल हुने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

२ दिने गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक गणेश अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, विभिन्न मन्त्री, गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल, नेपाली सेना मध्यपृतना हेडक्वार्टरका पृतनापति गोकुल भण्डारी, गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय शाखाका प्रमुख केदारनाथ शर्मा, उच्चपदस्थ कर्मचारी, गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत ८० जनाको सहभागिता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x