×

NMB BANK
NIC ASIA

जिल्ला प्रहरी कार्यालय सुर्खेतले साढे १० लाख नगद चोरेको आरोपमा एक नाबालकलाई नियन्त्रणमा लिएको छ ।

Muktinath Bank

वीरेन्द्रनगर नगरपालिका–६ खोक्रेलाईनमा फागुन २५ गते बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा भएको चोरी घटनामा नाबालक पक्राउ परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका नाबालकको नाम प्रहरीले गोप्य राखेको छ । घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक खोली दराजभित्र रहेको नगद १० लाख ५० हजार रुपैयाँ चोरी भएको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीले घटना भएको १२ घण्टाभित्रै शंकास्पद नाबालकलाई गिरफ्तार गर्न सफल भएका छौं,’ डीएसपी रावलले भने, ‘नगद १ लाख २० हजार रुपैयाँसहित नाबालकलाई नियन्त्रणमा लिएका हौं । नाबालकले ३ लाख रुपैयाँ आफूले लगेको र अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका छन् ।’ चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी रावलले बताए ।

Vianet communication
Laxmi Bank

यसैबीच, प्रहरीले ६.८०० ग्राम लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ‘आइतवार राति साढे १० बजे वीननपा–११ सुब्बाकुना चेकपोस्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५ख ५९९४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर लुकाइछिपाई राखेको २ पोका लागूऔषध जस्तो देखिने धुलो (६.८०० ग्राम) चिजवस्तु फेला पारेका छौं,’ प्रहरी कार्यालयद्वारा प्रेषित विज्ञप्तिले लेखिएको छ, ‘गाडीमा सवार १ जना यात्रु, गाडी चालक, सहचालक र फोर्स गाडी समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

गाडी चालक भेरीगंगा नगरपालिका–१ का सन्देश कसेरा, वीननपा–९ लाटिकोईलीका सहचालक विनोद गुरुङ र सोही स्थानका दिनेश खड्का प्रहरीको नियन्त्रणमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x