×

NMB BANK
NIC ASIA

संसद्को कार्यसूचीमा चढिसकेको कालापानीसम्बन्धी संकल्प प्रस्ताव किन हट्यो ?

फागुन २९, २०७६

NTC
Premier Steels

नेपाली भूमि समावेश गरेर भारतले जारी गरेको नयाँ नक्शा सच्याउन र कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न माग गरिएको संकल्प प्रस्ताव संसद्को कार्यसूचीबाट हटाइएकोमा राप्रपाका सांसद राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् ।

Muktinath Bank

‘विपक्षी दलले ल्याउन नसकेको प्रस्ताव सत्ता पक्षका सांसदबाट आयो, समर्थन गरौं भनेर आएको संकल्प प्रस्ताव कार्यसूचीबाट फिर्ता भएछ,’ सांसद लिङदेनले बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले नेपाली भूमि मिचेर नक्शा जारी गरेको ५ महिनासम्म सरकार नबोलेको प्रति उनले आगत्ति जनाए ।


Advertisment
Nabil box
Kumari

‘भारतले नयाँ नक्शा जारी गरेपछि सर्वदलीय बैठक र संसदीय समितिले तत्काल सरकारले भारत सरकारसँग कुरा गरोस् र सीमाको सुरक्षा गरोस् भन्ने निर्णय गरेको थियो । ५ महिना पुग्न लाग्दा सरकार के गरिरहेको छ ?’ उनले भने, ‘सबै तथ्य र प्रमाणले लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने पुष्टि गरेको अवस्थामा के एउटा कूटनीतिक नोट पठाउँदैमा नेपाली भूमिमाथिको अतिक्रमण रोकिएला ?’

Vianet communication

सांसद् लिङदेनले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले केहीसमय पहिले कालापानी क्षेत्रको हवाई निरीक्षण गरेकोबारे सदनलाई जानकारी गराउन माग गरे । ‘रक्षामन्त्री केही समय पहिले हेलिकप्टरमा उड्नुभएको थियो, त्यहाँको अवस्था के छ भनेर सदनलाई जानकारी गराउनुपर्दैन ?’ उनले प्रश्न गरे ।

सांसद लिङदेनले कहाँ–कहाँ सीमा मिचिएको छ भन्नेबारे छानबिन समिति गठन र नयाँ–नयाँ नक्शा जारी गर्न सरकारसँग माग गरे । 

‘भूमिसुधार मन्त्रीले साइत आएपछि नक्शा प्रकाशित गर्ने भन्ने हचुवा कुरा नहोस्,’ उनले भनोस् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x