‘कन्ट्याक्ट ट्रेसिङ प्रोटोकल’ बनाएर संक्रमितसँग सम्पर्कमा आएकालाई तत्काल परीक्षण गरौँ – थापा

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले कन्ट्याक्ट ट्रेसिङको प्रोटोकल बनाएर कोरोना संक्रमित चढेको विमानमा रहेका सबैसँग कन्ट्याक्ट गरेर तत्कालै सबैको परीक्षण गराउन सरकारसमक्ष आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले कन्ट्याक्ट ट्रेसिङ प्रोटोकल बनाउन आफूले पहिल्यै भनेको स्मरणसमेत गरेका छन् ।


Advertisement

उनले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई ट्वीटमा मेन्सन गर्दै अब ढिला गर्न नहुने बताएका छन् ।

‘Contact tracing को प्रोटोकल बनाएर तयारीमा बसौं भनेको स्मरण गराउँछु,’ ट्वीट गर्दै थापाले लेखेका छन्, ‘अब ढिला नगरौं । भर्खरै पहिचान भएको संक्रमित व्यक्ति चढेका फ्लाइटका सबै,विमानस्थलमा र त्यसपश्चात उनीसँग सम्पर्कमा आएका सबैलाई अबिलम्ब पहिचान गरी, अलग्गै राखी, प्रत्येकको तत्काल परीक्षण गरिहालौं ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्