×

NMB BANK
NIC ASIA

देशलाई कोरोनाको चिन्ता, यी मुख्यमन्त्री र सभामुखलाई ८२ करोड भुक्तानीको धन्दा !

चैत १०, २०७६

NTC
Premier Steels

नेपालसहित संसारका धेरै देश कोरोना भाइरस संक्रमणको शिकार बनिरहेका छन् ।

Muktinath Bank

कोरोनाबाट बच्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले सतर्कता र सावधानीका उपाय अपनाइरहँदा २ नम्बर प्रदेश सरकार भने छुट्टै धन्दामा लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सभामुखसम्म गत आर्थिक वर्षका योजनाको रकम भुक्तानीका लागि संघीय राजधानी काठमाडौंमा दौडधूप गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित विभिन्न मन्त्रालयका मन्त्री, प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहितको डेलिगेसन टोली काठमाडौंमा छ ।

Vianet communication

‘आर्थिक मामिला तथा योजना मन्त्रीबाहेक सबै मन्त्री सहितको डेलिगेसन टोलीसहित हामी अहिले काठमाडौंमा छौं,’ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले लोकान्तरसँग भने, ‘म त शनिवार काठमाडौं आएँ तर मुख्यमन्त्रीज्यू शुक्रवार नै काठमाडौं आइपुग्नुभयो ।’

गत आर्थिक वर्षमा उपभोक्ता समितिबाट सम्पन्न भएका योजनाको ८२ करोड रुपैयाँ भुक्तानी नभएको अवस्थामा मुख्यसचिव तथा सचिवले भुक्तानी दिन आनाकानी गरिरहेका कारण भुक्तानीको प्रबन्ध मिलाउनका लागि अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको उनले बताए । 

कर्मचारीहरू आफूखुशी काजमा गइदिने, बिदामा बसिदिने, सचिव सरुवा भएर आएपनि मन्त्रालयमा हाजिर नहुने तथा मुख्यसचिवले समेत मनपरी गर्ने गरेको गुनासोबारे समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग भेट गरेको सामजिक विकास मन्त्री नबल किशोर साह सुडीले बताए । 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समेत भेट गरेको मन्त्री सुडीले बताए ।

कोरोना रोकथामको पूर्व तयारीका लागि धेरै कुराको व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो मन्त्रालयको भएकाले आइतवार साँझ आफू जनकपुर फर्किएपनि मुख्यमन्त्रीसहित अन्य मन्त्री तथा टोली भने नफर्किएको उनले बताए ।

नेकपा संसदीय दलका नेता मण्डलले आफू आइतवार नै टोलीबाट छुट्टिएकाले मुख्यमन्त्री के गरिरहेका छन् भन्नेबारे जानकारी नभएको बताए । प्रदेशका जनता कोरोना संक्रमणको चिन्ताले आतंकित भएको बेला मुख्यमन्त्रीले पुरानो भुक्तानीको चिन्तामा काठमाडौं लागेको भन्दै प्रदेशका नागरिक अगुवाले आपत्ति जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x