×

NMB BANK
NIC ASIA

कोरोना फैलिएपनि पुटिन निष्फिक्री

चैत ११, २०७६

NTC
Premier Steels

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्थिरताका लागि भविष्यका ठूला योजना बनाएका थिए । 

Muktinath Bank

तर कोरोनाभाइरसका कारण उत्पन्न संकटका साथै तेलको दाम अनि रुसको मुद्रामा आएको गिरावटपछि उनको चुनौती बढेर गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अप्रिल महिनामा उनले रुसको संविधानमा संशोधन गरेर ८० वर्षभन्दा बूढो भए पनि सत्तामा बसिरहने बाटो बनाउँदैछन् । 


Advertisment
Nabil box
Kumari

अहिले रुसीहरू अनिश्चितता र चिन्तामा डुबेका छन् तर पुटिन मुश्किलको समयमा शान्ति र संयम दर्शाइरहेका छन् । उनले समयमा उचित कदम चालेका कारण कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा रहेको बताएका छन् । 

Vianet communication

रुसको सरकारी सञ्चारमाध्यमले कोरोना फैलिनबाट रोक्नका लागि युरोपले सही व्यवस्थापन गर्न नसकेको र युरोपेली संघ विफल भएको बताइरहेको छ । 

युरोपका नेताहरू कोरोना संकटको सामना गर्न आइसोलेसनमा ध्यान दिइरहेका छन् । तर यसैबेला पुटिन क्राइमिया जाँदैछन् । क्राइमियालाई युक्रेनबाट खोसेर रुसमा मिसाएको ६ वर्ष पुगेको उपलक्ष्यमा पुटिन त्यहाँ जान लागेका हुन् । 

सबै कुरा सामान्य छ भन्ने देखाउनका लागि उनले यसो गरेका हुन् । उनी सामाजिक दूरी अपनाउने छैनन् । बाहिर आएर उनी मानिसहरूसँग भेटघाट गर्नेछन् र हात मिलाउनेछन् । 

तर पुटिनको सम्पर्कमा आउने मानिसलाई पहिले नै कोरोनाभाइरसको परीक्षण गरिनेछ । 

अघिल्लो साता क्राइमिया मेडल लगाएर सम्मान गरिएका मानिस, क्रेमलिनका कर्मचारी र मान्यताप्राप्त पत्रकारलाई स्वास्थ्य परीक्षण गरिएको थियो । 

पुटिनको परीक्षण पनि गरिएको छैन । यस विषयमा उनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘धन्य, उहाँमा कुनै लक्षण छैन । उहाँ सुरक्षित हुनुहुन्छ र पूर्व निर्धारित कार्यक्रमहरू गरिरहनुभएको छ ।’

तर रुसमा संक्रमणका दरहरू बढिरहेका छन् । सरकारी आँकडामा मानिसले विश्वास गरिरहेका छैनन् । 

राष्ट्रपति पुटिनले कोभिड–१९ बाहिरबाट आएको रोग र विदेशी खतरा भने पनि सुरक्षात्मक कदम बढाइरहेका छन् ।

त्यहाँ सीमादेखि लिएर विद्यालयसम्म बन्द गरिएको छ अनि मानिसहरूलाई भेला हुन समेत दिइएको छैन । 

संविधान संशोधनका लागि गरिने मतदानलाई सुरक्षा कारणले स्थगन गरिने वा अन्लाइन चुनाव गरिने सम्भावना पनि रहेको अधिकारीहरूले बताएका छन् । 

तर शुक्रवार रुसको निर्वाचन आयोगले नयाँ योजना सार्वजनिक गरेको छ । त्यसअन्तर्गत मतपत्रहरूलाई एक हप्ताको समयमा बिस्तारै मतदातासमक्ष पुर्‍याइनेछ जसले गर्दा भीड जम्मा नहोस् । 

राजनीतिक विश्लेषक कन्स्ट्यान्टिन कलाशेभले नेजाभिसिमिया गजेटा नामक पत्रिकालाई बताएअनुसार, निर्वाचन गराउने पूरा कोशिश गरिँदैछ । त्यो स्थगित नहोस् भनेर प्रयासहरू गरिएका छन् । अहिलेको संकट छिट्टै हट्ने र रुसलाई धेरै घाटा नलाग्ने आशा अधिकारीहरूले गरेका छन् । 

रुसमा केही मानिसहरू कोरोनाभाइरसका विषयमा निष्फिक्री छन् । 

रुसको रक्षा मन्त्रालयले भाइरस नियन्त्रणका लागि आकस्मिक अभ्यास आयोजन गरेको छ र देशका सबै प्रान्त्लाई उच्च सतर्कताको स्थितिमा राखेको छ । 

तर राष्ट्रपति पुटिनलाई सत्तामा राखिरहनका लागि गरिने मतदान अप्रिल २२ को निर्धारित तिथिमै हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x