×

NMB BANK
NIC ASIA

धरान, पोखरा र नेपालगन्जमा पनि कोरोना परीक्षण गरिने

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगन्जमा यथाशीघ्र परीक्षण सुरु गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा रहेका विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले नमुना संकलन गर्नेछन् र परीक्षण स्थलसम्म पुर्‍याउने काम सामाजिक विकास मन्त्रालयले गर्नेछ । ती अस्पतालमा परीक्षण सुरु नहुँदासम्म नमुना संकलन गरेर हवाईमार्गबाट काठमाडौं ल्याइनेछ । यसको व्यवस्थापन मिलाउन पर्यटन मन्त्रालयलाई जिम्मा दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन विश्वविद्यालयले पनि कोरोना भाइरस परीक्षणका लागि सरकारलाई तीनवटा ल्याब दिने भएको छ । अहिले कोरोनाको परीक्षण भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजत्तिकै सुविधासम्पन्न ल्याब टियूसँग छन् । विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि ती ल्याब प्रयोग भइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले व्यक्तिगत सुरक्षा इक्विपमेन्ट (पिपिई) र किट भए त्रिविमा रहेका तीनवटै ल्याबले कोरोना परीक्षण गर्न सक्ने बताए । ‘त्रिविका विद्यार्थीलाई तालिम दिन ल्याइएका तीनमध्ये दुईवटा ल्याबमा कोरोना भाइरस परीक्षण गर्न बायोसेफ्टीसमेत छ,’ उपकुलपति बाँस्कोटाले भने, ‘सरकारले आवश्यक ठानेमा त्रिविका ल्याब एकैठाउँमा राखेर वा काठमाडौंका फरकफरक ठाउँमा लगेर पनि परीक्षण गर्न सकिन्छ ।’ यसका लागि आवश्यक जनशक्तिसमेत त्रिविसँग रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

त्रिविका सूक्ष्म जीवविज्ञान केन्द्रीय विभाग, जैविक प्रविधि केन्द्रीय विभाग, ट्रफल आयोजना (बायोमेटोरियल प्रयोगशाला)मा कोरोना भाइरस परीक्षण गर्न सकिने उपकरण (रियल टाइम पिसिआर मेसिन) छन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x