×

NMB BANK
NIC ASIA

राष्ट्रिय लकडाउन गर्न किन हिचकिचाइरहेछन् ट्रम्प ?

चैत १२, २०७६

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रव्यापी बन्दाबन्दी (लकडाउन) गर्दा देश बर्बाद हुने बताएका छन् । 

Muktinath Bank

कोरोनाभाइरसका तीव्र गतिमा फैलिँदै जाँदा संसारभरि गम्भीर चिन्ता व्यक्त गरिएको छ । तर ट्रम्पले अप्रिल महिनाको आरम्भमा अमेरिकामा सुन्दर समय आउन लागेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ केन्द्र अमेरिका बन्न लागेको भनेकै बेलामा ट्रम्पको यो बयान आएको हो । 


Advertisment
Nabil box
Kumari

अमेरिकामा ५५ हजारजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ७७५ जना मारिएका छन् । संसारभरि १८ हजार ९१२ जनाको मृत्यु भइसकेको छ । 

Vianet communication

मंगलवार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ईस्टर पर्वअघि नै देशमा सामान्य स्थिति आउने बताए । ईस्टर अप्रिल १२ मा पर्छ । 

ट्रम्पलाई अमेरिकी अर्थतन्त्रको चिन्ता छ । त्यसैले ह्वाइट हाउसको ब्रीफिङमा पनि उनले त्यही कुरा दोहोर्‍याए । 

व्यापार र उद्योगका लागि देश खुलेन भने भयानक आर्थिक मन्दी आउने ट्रम्पको कथन छ । 

उनले भने, ‘हामीले धेरै मानिस गुमाउनेछौं । हजारौं मानिसले आत्महत्या गर्न सक्छन् । देशमा अस्थिरता आउन सक्छ ।’

ट्रम्पलाई आर्थिक मन्दीबाट हुने व्यापक हानिको बढी चिन्ता छ । 

ट्रम्पले लकडाउन खुकुलो बनाउने कुरा गरिरहँदा अनेकौं राज्य चाहिँ लकडाउन लगाउने कुरा गर्दैछन् । 

अमेरिकाका १७ राज्यमा लकडाउनको घोषणा भइसकेको छ । 

विगत केही दिनदेखि अमेरिकी अधिकारीहरू कोरोनाभाइरसको संक्रमण रोक्ने कुरा गरिरहेका छन् । अनि अमेरिकाको स्वास्थ्य प्रणालीमा दबाब परेको कुरा पनि आइरहेको छ । साथै अर्थतन्त्रमा आउने संकटको कुरा पनि जोडतोडले उठाइएको छ । 

अघिल्लो साता अमेरिकाका अर्थमन्त्री स्टिभ म्नुचिनले अमेरिकामा बेरोजगारी २० प्रतिशतसम्म जान सक्ने बताए । 

गोल्डम्यान स्याक्सको प्रतिवेदनअनुसार, अमेरिकाको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा २४ प्रतिशतसम्म गिर्न सक्छ । 

तर ट्रम्प व्यापारलाई छिट्टै खोल्न चाहन्छन् । ट्रम्प समर्थकहरू ट्रम्पका राजनीतिक विरोधी कोरोनाभाइरसका कारण अर्थतन्त्रमा पुगेको हानिलाई उनीविरुद्ध उपयोग गर्न सक्छन् भनिरहेका छन् । 

आफ्नो शासनकालमा अमेरिकी अर्थतन्त्र मजबूत बनेको भन्दै ट्रम्पले घमण्ड गर्ने मौका पाएका छन् । तर कोरोनाले अर्थतन्त्र तहसनहस बनाएपछि ट्रम्पलाई फेरि चुनाव जित्नका लागि बलियो अर्थतन्त्र देखाउने अवसर नमिल्ने भएकाले उनी जतिसक्दो चाँडो लकडाउन खोलेर व्यापारलाई चलायमान बनाउन चाहन्छन् । 

तर उनको यो प्रयासलाई विभिन्न राज्यहरूले अवरोध गर्ने देखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x