×

NMB BANK
NIC ASIA

निस्वार्थताको अनुपम उदाहरण : भेन्टिलेटर अस्वीकार गरिन् यी ९० वर्षीया वृद्धाले, भयो मृत्यु

चैत १९, २०७६

NTC
Premier Steels

बेल्जियममा कोरोनाभाइरस लागेकी ९० वर्षीया एक महिलाले स्वार्थरहित भई भेन्टिलेटर लिन नमानेपछि उनको मृत्यु भएको छ । उनले चिकित्सकहरूलाई भेन्टिलेटर जवान रोगीहरूका लागि राख्नू भनी निर्देशन दिएकी थिइन् । 

Muktinath Bank

लब्बीक नजिकको बिंकोमकी सुजेन होयलाएर्ट्सलाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो । कोभिड–१९ लागेपछि उनको अवस्था निकै बिग्रिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरस महाव्याधिका कारण संसारभरि भेन्टिलेटरको अभाव भइरहेको बेलामा यी महिलाको स्वार्थरहित कार्य देखिएको हो । कोरोनाविरुद्धको लडाइँमा भेन्टिलेटर निकै महत्त्वपूर्ण उपकरण हो । 


Advertisment
Nabil box
Kumari

होयलाएर्ट्सलाई खान मन नलागेपछि अनि सास फेर्न गाह्रो हुन थालेपछि अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनी कोरोना पोजिटिभ भेटिइन् र आइसोलेसनमा राखिइन् । उनकी छोरीले आमा भेट्न पाइनन् । 

Vianet communication

होयलाएर्ट्सले अस्पतालका चिकित्सकहरूलाई भनिन्, ‘मलाई कृत्रिम श्वासप्रश्वास आवश्यक छैन । जवान रोगीहरूका लागि यसलाई सम्हालेर राख्नुस् । मैले राम्रो जीवन बाँचिसकेकी छु ।’

अस्पताल भर्ना भएको दुई दिनपछि होयलाएर्ट्स बितिन् ।

शोकमा परेकी छोरी जुडिथले हेत लात्स्ते निउज पत्रिकासँग कुरा गर्दै भनिन्, ‘मैले आमालाई अलबिदा पनि भन्न पाइनँ र उहाँको अन्त्येष्टिमा सहभागी हुन पनि पाइनँ ।’

जसडथका अनुसार, आमालाई कसरी भाइरस लाग्यो भन्ने कुराले सबैलाई छक्क पारेको छ किनकि आमा घरैमा थिइन् र लकडाउन उपायहरूको अनुसरण गरिरहेकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x