×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको ६० लाख सहयोग, युरोपमा बस्ने नेपालीहरू लाभान्वित हुने

चैत २०, २०७६

NTC
Premier Steels

कोरोना भाइरस महामारीविरुद्ध लड्न गैरआवासीय नेपाली संघले आह्वान गरेअनुसार एनआरएनए युरोपले ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । 

Muktinath Bank

३१ मार्चमा युरोपियन क्षेत्रको बैठक युरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा बसेर आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम युरोपमा रहेका नेपालीहरूका लागि खर्च गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाविरुद्ध लड्न युरोपका सम्पूर्ण एनसीसीको ऐक्यबद्धताका साथ न्यूनतम ५० हजार यूरोको आपतकालीन कोष स्थापना गर्दै अत्यावश्यक सहयोगको लागि कोरोना प्रभावित स्थानमा परिचालन गर्ने निर्णय भएको छ ।


Advertisment
Nabil box
Kumari

स्काइपको माध्यमबाट सम्पन्न अनलाइन बैठकमा विशेष आमन्त्रितको रुपमा महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहालले समेत सम्बोधन गरेका थिए । एनआरएन केन्द्रले कोरोनाविरुद्ध लिएका कदमबारे बैठकलाई जानकारी गराएका थिए ।

Vianet communication

संयोजक नारायण आचार्यको अध्यक्षतामा तीनै जना उपसंयोजक, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण आईसीसी सदस्य, मानार्थ परिषद् सदस्य, एनसीसी अध्यक्ष तथा महासचिव र युरोप क्षेत्र महिला तथा युवा संयोजक समेत रहेको एनआरएनए युरोप कोभिड–१९ सहयोग समिति समेत गठन भएको छ ।

जसको ९ सदस्यीय सचिवालयमा संयोजक नारायण आचार्य, उपसंयोजक त्रयमुक्त बहादुर गुरुङ, कृष्णप्रसाद तिमिल्सिना र शुक्रराज न्यौपाने तथा आईसीसी सदस्यहरू रामशरण सिम्खडा (यूके), आईसीसी सदस्य सुभाष जोशी (बेल्जियम), आईसीसी सदस्य सुनिल रानाभाट (स्पेन), आईसीसी सदस्य बिजय मोक्तान (जर्मन) र आईसीसी सदस्य चिन्तामणि सापकोटा (स्पेन) रहेका छन् । 

बैठकले केन्द्रमा गठित स्वास्थ्य कार्यदलसँगको निकट सहकार्यमा युरोप क्षेत्रमा रहेको स्वास्थ्य विज्ञहरू रहने गरी डा. बोधराज सुवेदी संयोजक रहेको एक उपसमिति समेत गठन गरेको छ ।

समितिले तत्कालै कामको थालनी गर्दै कोरोनाको चरम प्रभाव रहेको युरोपका देशको खास समस्याको सुक्ष्म पहिचान गरी लगत राख्न शुरू गर्ने, सहयोगको आधार तथा प्रकार अल्पकालीन तथा दीर्घकालिन रुपमा गर्न सकिने सहयोगको समेत पहिचान गरी मूल समितिमा शीघ्र प्रतिवेदन समेत पेश गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिसँग समेत समन्वय गरी युरोप क्षेत्रमा काम गर्ने तथा केन्द्र संघ आपसी सहयोगको लागि आह्वान समेत गर्ने बैठकले निर्णय गरेको जानकारी बैठकमा सहभागी आईसीसी सदस्य रामशरण सिम्खडा दिए ।

आईसीसी सदस्य सुवास जोशीले छिटोभन्दा छिटो युरोपका राष्ट्रिय समन्वय समितिसँग परामर्श गरी नेपाली समुदायको आवश्यकता अनुसार मास्क, स्यानिटाइजर र पञ्जाको व्यवस्थापन गर्न पहल गरिने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x