×

NIC ASIA

राम मन्दिरमा कोरोनाविरुद्ध ‘महामृत्युन्जय जप’ : बाहिर तालाबन्दी, भित्र अखण्ड कीर्तन

चैत २२, २०७६

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमण तथा महामारी रोक्नका लागि नेपाल सरकारले देशैभर ‘लक डाउन’ घोषणा गरेको छ । आम जनजीवन प्रभावित हुनुका साथै भगवान्का मन्दिरमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।

मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाम त्रेता युगदेखि नै अध्यात्मको केन्द्र रहँदै आएको छ । राजा जनककी छोरी सीताको जन्मभूमि भएका कारण तथा भगवान् रामसँग बिहे समेत जनकपुरधाममा भएका कारण जनकपुरलाई देवस्थलको रुपमा मान्ने गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्दिरै–मन्दिरको शहरको रुपमा चिनिने जनकपुरधामका मठमन्दिरमा पनि लक डाउनको प्रभाव परेको छ । प्रायःजसो सबै प्रसिद्ध मन्दिरको मुख्यद्वारमा तालाबन्दी गरिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

कोरोना भगाउन राम मन्दिरमा महामृत्युन्जय जप

Vianet communication

कोरोनाको प्रकोपलाई अन्त्य गर्नका लागि जनकपुरधामको प्रसिद्ध मन्दिर राम मन्दिरमा महामृत्युन्जय जप सम्पन्न गरिएको छ । राम मन्दिरका महन्थ राम गिरीले लोकान्तरसँग भने, ‘अहिले विश्वभरमा नै कोरोना रोगका कारण मानिसको मृत्यु भइरहेका कारण त्यसको रोकथामका लागि राम मन्दिरमा महामृत्युन्जय जप पाठ गरेर हवनसहित अनुष्ठान समेत सम्पन्न गरेका छौं ।’

मन्दिरमा १४ जना पण्डितलाई राखेर ४ दिनसम्म जप गराएर हवन गरी सम्पन्न गरेको उनले बताए । मन्दिरकै आम्दानीबाट २० हजार रुपैयाँ जति खर्च गरेर जप गरिएको उनी बताउँछन् ।

लक डाउनका कारण राम मन्दिर प्रवेश गर्ने मुख्यद्वारमा नै तालाबन्दी गरिएको छ । मन्दिरको भित्री परिसरमा प्रवेश गर्ने ४ वटाद्वारमा समेत तालाबन्दी गरिएको छ । ‘सरकारले लक डाउन गरेपनि भक्तजन छिटपुट रुपमा पूजा गर्न आउने गर्थे,’ महन्थ गिरीले भने, ‘तर प्रहरीले भक्तजन यात्रुमाथि लाठीचार्ज गर्ने गरेका कारण स्वाभाविक रुपमा भक्तजनको उपस्थिति आफैं न्यून भएको थियो ।’

भगवान्प्रति आस्था राख्ने भक्तजनले नमान्ने देखिएपछि चैत्र १८ गते प्रहरीले नै आएर ४ वटै द्वारमा तालाबन्दी गरेर गएका छन् ।

सुनसान माहोलमा रामनवमी 

चैत्र २० गते भगवान् रामको जन्मदिन भएका कारण रामनवमी मनाइएको थियो । प्रत्येक वर्ष हर्षोल्लास र भव्यताका साथ हजारौं श्रद्धालु भक्तजनबीच मनाइने गरिएको रामनवमी यस वर्ष सुनसान माहोलमा मनाइएको थियो । राम नवमी मेला भर्नका लागि प्रत्येक वर्ष नेपाल तथा भारतबाट सयौंको संख्यामा नागा साधुहरू आउने गर्थे । गुठी संस्थान शाखा कार्यालय जनकपुरले प्रत्येक वर्ष ती साधुसन्तलाई भोजनसहित वस्त्र प्रदान गर्दै दक्षिणा समेत दिएर बिदाइ गर्ने गर्थ्यो ।

‘गत वर्ष करीब ७०० साधुसन्तलाई वस्त्रसहित बिदाइ गर्नुका साथै रामनवमी पूजामा मात्रै २० लाख रुपैयाँ जति खर्च भएको थियो,’ गुठी संस्थान शाखा कार्यालयका लेखापाल रामदयाल साहले भने, ‘प्रतिसाधु २ हजारदेखि ४ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गर्ने गरिन्थ्यो ।’

यस वर्ष पनि राम नवमी मेला भर्नका लागि भारतबाट ७५ जनाजति साधुहरू आएका थिए । तर सरकारले लक डाउन घोषणा गर्नुअघि नै साधुहरूलाई सम्झाइबुझाई बिदाई दिएर फर्काइएको राम मन्दिरका महन्थ राम गिरीले बताए । ‘बन्द द्वारले मन्दिरभित्रै राम नवमी विशेष पूजा गर्‍यौं,’ उनले भने, ‘बाहिर लक डाउन भएपनि भगवान्को विशेष पूजाका साथै नित्य दिन हुने गरेको पूजा अर्चना जारी नै छ ।’

पूजाका लागि आवश्यक पर्ने सामग्री तथा रासन १ महिना पूर्व नै व्यवस्थापन गर्ने गरिन्थ्यो । अहिले लक डाउनमा समस्या भएपनि साँझतिर छिटपुट रुपमा बजार खुलेपछि सामान किन्ने गरेको महन्थ गिरीले बताए ।

जानकी मन्दिरमा समेत तालाबन्दी

जनकपुरको सबैभन्दा प्रसिद्ध मन्दिर हो – जानकी मन्दिर । दैनिक कम्तिमा २ हजारदेखि ३ हजारसम्म भक्तजन मन्दिरमा दर्शनका लागि जाने गर्थे तर अहिले लक डाउनमा जानकी मन्दिर पनि सुनसान छ । जानकी मन्दिरको २ वटा द्वारमा ताला लगाइएको छ । भक्तजन छिटपुट रुपमा मास्क लगाएर अहिले पनि सीमित भक्तजन पुग्ने गरेका छन् ।

बन्द मन्दिरको ढोका बाहिरै पूजा गर्दै घर फर्किने गरेका छन् । ‘लक डाउन भएपछि हामीले मन्दिरको द्वारमा ताला लगाएका छौं,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, ‘तर पनि बिहान र बेलुकाको समयमा केही भक्तजनहरू आउने गरेका छन् ।’ 

कोरोना भाइरस मानिसको सम्पर्कबाट सर्ने हुनाले पूजारीले भक्तजनको हातबाट प्रसाद लिन बन्द गरेको उनले बताए । ‘आउने भक्तजनलाई आफैं प्रसाद भगवान्मा चढाउन तथा आफैं लिएर जान भनेका छौं,’ महन्थ वैष्णवले भने, ‘चरणामृत पूजारीले माथिबाट हात नछोएर दिने गरेका छौं ।’ मन्दिरमा आउने भक्तजनलाई कोरोनाबाट बच्नका लागि टीका समेत लगाउने गरिएको छैन । ‘पूजारीले पहिले सबै भक्तजनलाई टीका समेत लगाउने गर्थे तर अहिले टीका लगाउन रोक लगाएका छौं,’ उनले भने, ‘हामी भक्तजनलाई मन्दिरमा नआउन आग्रह गर्दै घरमै बसेर पूजा गर्न समेत भन्ने गरेका छौं ।’

५८ वर्षदेखि सीता–रामको अखण्ड कीर्तन जारी

विक्रम संवत् २०१८ सालदेखि जानकी मन्दिरमा भइरहेको अखण्ड सीता–राम कीर्तन भने जारी नै रहेको छ । विश्वको कल्याण होस् भन्ने उद्देश्यले शुरू गरिएको कीर्तन त्यहीबेलादेखि अनवरत रुपमा अखण्डित भएर जारी नै रहेको छ ।  १६ जना कीर्तन मण्डलीलाई ४–४ जनाको समूहमा ३–३ घण्टाको अन्तरालमा बस्न लगाएर कीर्तन गराइन्छ । धनुषाको औरही गाउँपालिकाको कपटौलका ८० वर्षीय रामलखन दास चैत्र २० गते कीर्तनमा सहभागी थिए । उनी विगत २५ वर्षदेखि कीर्तन मण्डलीका सदस्य छन् । उनी आफ्नो गाउँ पनि फर्केका छैनन् । जानकी मन्दिरमा नै कीर्तन गर्दै बस्ने गरेका छन् ।

जानकी मन्दिरले कीर्तन मण्डलीका सदस्यलाई मासिक ६ हजार रुपैयाँ, भोजन, आवास तथा वर्षमा २ पटक धोती, कुर्ता, गम्छा, गन्जी सहितका वस्त्र दिने गरिएको उनले बताए । ‘जहाँ कीर्तन हुन्छ, भगवान्को नाम मात्रको उच्चारण हुन्छ भने शान्ति समेत हुने भएकाले पूरै विश्वमा शान्ति कायम हुन सकोस् भन्ने उद्देश्यले कीर्तन जारी राखिएको हो,’ महन्थ वैष्णवले भने, ‘भूकम्प जाँदा समेत कीर्तन टोलीका सदस्य कीर्तन छोडेर भाग्दैनन्, चाहे जेसुकै परिणाम आओस् ।’ अहिलेसम्म अनवरत रुपमा कीर्तनमा कुनै समस्या उत्पन्न नभएको उनले बताए ।

तालाबन्दीबीच राजदेवी मन्दिरमा नवरात्र

जनकपुरमा प्रत्येक वर्ष चैत्र महिनामा नवरात्र धुमाधामका साथ मनाउने गरिन्छ । राम मन्दिरको छेउमै रहेको राजदेवी मन्दिरमा यस वर्ष पनि नवरात्र पूजा गरिएको छ तर मन्दिरको ढोकामा ताला लगाएर भित्र रहेका पूजारी तथा केही सीमित भक्तजनबीच पूजा सम्पन्न गरिएको महावीर युवा कमिटीका सचिव दिपककुमार साहले बताए ।

‘कोरोनाका कारण सामान्य रुपमा भित्रमा सबै पूजापाठ गरेर सम्पन्न गरेका छौं,’ उनले भने, ‘भक्तजनले बाहिरबाट नै पूजा दर्शन गरेर जाने गरेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

जेठ ९, २०८१

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x