प्रदेश ५ मा कोरोना परीक्षण शुरु, अब १ घण्टाभित्रै रिपोर्ट

प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण शुरु भएको छ। रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको आवास भवनमा प्रयोगशाला स्थापना गरेर परीक्षण शुरु गरिएको हो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा प्रयोगशालाबाट परीक्षण  थालिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए। 


Advertisement

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा विनोदकुमार गिरीले प्रयोगशाला सञ्चालनका लागि भवनको आन्तरिक संरचना बनाउनुपरेकाले प्रयोगशाला सञ्चालनमा केही ढिलाइ भएको बताए। 

प्रयोगशालाबाट एक दिनमा १५÷१६ वटा नमूना परिक्षण गर्न सकिने र सामान्यतया १ घण्टामा एउटा रिपोर्ट प्राप्त सकिने उनले बताए। प्रदेशभित्र कोरोनाको जाँच गर्ने प्रयोगशाला नहुँदा आइसोलेसन अस्पतालमा भर्ना भएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता थियो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्