×

NMB BANK
NIC ASIA

हिजो दिनभर : वैशाख ३ सम्म लम्बियो लकडाउन, नेकपाले बोलायो सचिवालय बैठक

चैत २५, २०७६

NTC
Premier Steels

प्रधानमन्त्रीले मंगलवार देशबासीका नाममा सम्बोधन गर्दै, केही नयाँ घोषणा हुन सक्ने

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बिहान देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम र आगामी रणनीतिका बारेमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटारनिकट स्रोतले बताएको छ ।


Advertisment
Nabil box
Kumari

सोमवार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने अवगत गराएका थिए ।

Vianet communication

केही दिनयता प्रधानमन्त्री चुप बसेको भन्दै सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत आलोचना भइरहेको थियो ।

यससँगै सरकारमाथि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपसमेत लाग्ने गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले लक-डाउन थप १ साता लम्ब्याउने निर्णय गरेको छ । लक-डाउन लम्बिएसँगै दैनिक ज्यालादारी, विपन्न नागरिकमाथि थप चुनौती आइपरेको छ ।

सरकारले स्थानीय निकायमार्फत राहत वितरण गर्ने निर्णय गरेको भएपनि त्यो सैद्धान्तिक मात्र रहेको र व्यवहारमा टाठाबाठाहरूले नै राहत कब्जा गरेका समाचारहरू दिनदिनै सुन्न, पढ्न र हेर्नमा आएको छ ।

बालुवाटार स्रोतले बताएअनुसार प्रधानमन्त्रीको सम्बोधनमा अहिलेसम्म सरकारले चालेका कदमहरू, सरकार र जनताले भोग्नुपरेका व्यावहारिक कठिनाइहरू र तिनको निदान लगायत थप केही नयाँ घोषणा आउन सक्नेछ ।

अब नयाँ वर्ष पनि घरभित्रै, वैशाख ३ सम्म लम्बियो लकडाउन

सरकारले बन्दाबन्दी (लकडाउन)को अवधि वैशाख ३ गतेसम्मका लागि बढाएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ३ गतेसम्म बढाउने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

नेपालमा कोरोनाभाइरसको दोस्रो संक्रमण पुष्टि भएपछि २ सातादेखि मुलुक लकडाउनमा छ ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ, जसमध्ये १ जना निको भएर घर फर्किएका छन् ।

अन्य ८ संक्रमितमध्ये २ जना काठमाडौं, २ जना बाग्लुङ र ४ जना धनगढीमा उपचाररत छन् ।

 

नेकपा सचिवालय बैठक मंगलवार, कोरोना रोकथामका लागि सरकारले गरेका कामको समीक्षा हुने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलवार बस्ने भएको छ ।

कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि छलफल गर्न बैठक बस्न लागेको नेकपाका एक सचिवालय सदस्यले लोकान्तरलाई बताए ।

गत चैत ५ गते यता नेकपा सचिवालय बैठक बसेको थिएन । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भएपछि नेकपाका सचिवालय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।

सरकारले पछिल्लो समयमा गरेका निर्णयहरू विवादास्पद बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सचिवालय बैठक बोलाउन दबाब परेको थियो ।

बैठकमा कोभिड १९ को नियन्त्रण र रोकथामका लागि सरकारले अहिलेसम्म चालेका कदमहरूको समीक्षा हुने बताइएको छ ।

 

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

सरकारले राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री संयोजकत्वको सिफारिश समितिले अधिकारीको नाम पहिलो नम्बरमा राखेर ३ जनालाई सिफारिश गरेको थियो ।

समितिबाट सिफारिश भएका बहालवाला डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वसचिव राजन खनाललाई पछि पार्दै अधिकारी नयाँ गभर्नर चुनिएका हुन् ।

सिफारिश समितिमा अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।

अधिकारी अघिल्लोपटक पनि गभर्नरमा सिफारिश भएका थिए, त्यतिबेला चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्त गरिएको थियो ।

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका अधिकारी पछिल्लो समय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

कोरोनाविरुद्ध सामूहिक रुपमा लडौं : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणका बिरामीको उपचार तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताएका छन् ।

कोराना उपचारको तयारीबारे विभिन्न ६ अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग उनले मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा भने, ‘जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्णरुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौं ।’

मन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको अस्पताल पूर्णरुपमा कोरोनाका लागि उपचार शुरू गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउनुपर्ने बताए । उनले सबै मिलेर काम गर्दा मात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूहिक रुपमै काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘एक व्यक्तिले भन्दा सामूहिकरुपमा काम गर्दा राम्रो हुन्छ र त्यो सफल पनि हुन्छ ।’ उनले जस्तोसुकै चुनौती पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै काम अघि बढाउनुपर्ने बताए । उनले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिए ।

कोराना उपचारका लागि तयार गरिएका अस्पतालको तयारीका बारेमा अनुगमन टोलीका तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्ण अधिकारीले अवस्थाका बारेमा बताएका थिए । टोलीले कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेको थियो । 

सोमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल र भक्तपुर अस्पताल रहेका छन् । अनुगमनमा छवटै अस्पताल कोरानाको उपचारका लागि पूर्णरुपमा तयार भएका पाइएको थियो । 

१४ दिनले नपुग्ने, अब २१ दिन क्वारेन्टाइनमै बस्नुपर्ने

सोमवार बसेको मन्त्रिपरिषद बैठकले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्थालाई परिमार्जन गरेर ७ दिन थप गरेको छ । अर्थमन्त्रीसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै १४ मात्र क्वारेन्टाइन बसेर नपुग्ने बताएका हुन् ।

‘१४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई अलिकति परिमार्जन गरिएको छ,’ मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भने, ‘१४ दिनपछि टेस्ट गर्ने र त्यसपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्नेछ । होम क्वारेन्टाइन बसे/नबसेको स्थानीय तहले अनुगमन गर्नेछ ।’

त्यस्तै मन्त्रिपरिषद बैठकले स्वास्थ्य स्वयंसेविकाहरूलाई यस कामका लागि खटाउने निर्णयसमेत गरेको छ ।

‘यसका लागि स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने, क्वारेन्टाइनमा रहे नरहेको हेर्नेलगायतका अन्य काम गर्ने र यसो गरेबापत एक पटकका लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहन रकम उपलब्ध गराइनेछ,’ प्रवक्ता खतिवडाले भने ।

यससँगै मन्त्रिपरिषद बैठकले लक-डाउनको अवधि वैशाख ३ गतेसम्म बढाउने निर्णय पनि गरेको छ । तर लक-डाउनको अवधिमा अत्यावश्यक ढुवानी भने कायमै राखिनेछ ।

‘खुला सीमाबाट हुने आवागमन पनि वैशाख ३ गतेसम्मका लागि बढाइएको छ,’ प्रवक्ता खतिवडाले भने ।

आजैको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले निजी अस्पतालमा कार्यरत चिकित्सकहरू सरकारी अस्पतालमा आउन चाहे सोही अनुसार दरबन्दी मिलान गरिने निर्णय गरेको छ । ‘निजी क्षेत्रका डाक्टरहरू यदि सरकारी अस्पतालमा आउन चाहनुभयो भने सोही अनुसार दरबन्दी मिलान गरिनेछ,’ प्रवक्ता खतिवडाले भने, ‘निजी अस्पतालमै बसेर कोरोना सम्बन्धी काम गरिरहेका डाक्टरहरूलाई सरकारी डाक्टरसरह नै भत्ता दिने निर्णय भएको छ ।’

आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा नरहेका मन्त्रीहरूलाई छुट्टै कार्यविभाजन गरेको प्रवक्ता खतिवडाले बताए ।

संघीय संसदको चालू अधिवेशन अन्त्य

प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ। 

संघीय संसदका अनुसार दुबै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुँदैछ। 

 सरकारले सोमबार नै संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। कोरोना भाइरसको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित हुँदै आएका थिए।

कोरोना नियन्त्रणका लागि सर्वोच्चको ९ बुँदे आदेश, भेन्टिलेटरको संख्या बढाउनू

सर्वाेच्च अदालतले  कोरोना भाइरस नियन्त्रणका लागि सरकारका नाममा ९ बुँदे आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको आइतबार र सोमबारको इजलासले सीमामा रोकिएकालाई नेपाल भित्र्याउन र अनिवार्य क्वारेन्टाइनमा ल्याउन भनेको हो।  तीनवटा रिटमाथि छुट्टाछुट्टै सुनुवाइ गर्दै सोमबार एकमुष्ट परमादेश जारी भएको हो।

 सर्वाेच्चले न्यून परीक्षण रहेको हुँदा परीक्षण केन्द्र विस्तार गरी धेरै भन्दा धेरै जनताको सहज पहुँच पु-याउन भनेको छ। त्यस्तै, क्वारेन्टाइनको स्तरोन्नति गर्न, भेन्टिलेटरको संख्या बढाउन आदेशमा उल्लेख छ।

काठमाडौंका पूर्व सीडीओ अर्याल अब महानगरका प्रमुख प्रशासकीय अधिकृत, आजै सम्हाले कार्यभार

भारतको कलकत्तास्थित नेपाली महावाणिज्यदूतको रूपमा कार्यरत रहेकै बेला नेपाल सरकारको सचिवमा बढुवा भएका एकनारायण अर्यालले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतिको पदभार ग्रहण गरेका छन् ।

सोमवार काठमाडौँ महानगरपालिकामा आयोजित एक कार्यक्रममा अर्यालले पदभार ग्रहण गर्दै आफूले जोखिमयुक्त समयमा यो जिम्मेवारी लिएको बताए ।

‘हालको जोखिमयुक्त समयमा महानगरवासी लगायत सबै नागरिकले संयमित र अनुशासित भई कोरोना भाइरसको सम्भावित जोखिम सँग लड्नु पर्छ,’ पदभारका क्रममा अर्यालले भने ।

उनले नगरवासीले भोग्नुपरेका समस्याहरू समाधान गर्न आफू पछि नहट्ने प्रतिबद्धसमेत व्यक्त गरे ।

अर्याल एक महिनाअघि नै बढुवा भएर महानगरमा पदस्थापन भएपनि कलकत्ताबाट आएपछि क्वारेन्टाइनमा बस्नुपरेका कारण केही दिन ढिलो पदभार ग्रहण गरेका हुन् । उनले कलकत्तामा रहँदा नेपाल-भारतबीचको पारवाहन सम्बन्धमा सुधार ल्याएका थिए ।

कुशल र क्षमतावान प्रशासकको छबी बनाएका अर्याल काठमाडौँको पूर्व प्रमुख जिल्ला अधिकारीसमेत हुन् । उनले गृहमन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, वन मन्त्रालय लगायतका जिम्मेवारीहरू पूरा गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x