×

NMB BANK
NIC ASIA

रौतहटका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ – दिल्लीबाट ट्रकमा विहारको मोतिहारी, त्यसपछि हिंडेर रौतहट

मोतिहारीबाट चार जना साथीसँग हिंडेर गाउँ पुगेका थिए

बैशाख १, २०७७

NTC
Premier Steels

रौतहटमा एक १९ वर्षीय युवामा कोरोना संक्रमण पाइएको छ । इशनाथ नगरपालिकाका उप प्रमुख हुसने आराले उक्त कुराको पुष्टि गरेकी छन् । ‘भारतको दिल्लीबाट केही दिन अघि उनी आफ्नो गाउँ फर्किएका थिए,’ आराले भनिन्, ‘उनी फर्किएपछि त्यही गाउँको एक विद्यालयमा संचालन गरिएको क्वारेन्टाइनमा भर्ना भएका थिए ।’

Muktinath Bank

उक्त क्वारेन्टाइनका स्वास्थ्य संयोजकका अनुसार चैत्र १७ गते उनी क्वारेन्टाइनमा भर्ना भएका थिए । दिल्लीमा रोजगारीका सिलसिलामा काम गर्दै आएका उनी केही दिनअघि नै फर्किएका थिए । ‘फर्किएलगत्तै उनी क्वारेन्टाइनमा भर्ना भएको भनेर हामीलाई बताएका थिए,’ संयोजकले लोकान्तरसँग भने, ‘ट्रकमा चढेर धेरै मानिसहरुको समूहमा नै उनी भारतको सीमानाका मोतिहारी सम्म आएका थिए ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोतिहारीबाट उनीसहित उनका चार जना साथीसमेत पैदल नै हिंडेर गाउँसम्म आएका थिए ।


Advertisment
Nabil box
Kumari

चैत्र २८ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट खटिएर गएका प्राविधिकहरुले उक्त क्वारेन्टाइनमा रहेका कुल ३० जना मध्ये २५ जनाको थ्रोट स्वाब संकलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थिए ।

Vianet communication

त्यसमध्ये ती १८ बर्षीय उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य संयोजक खानले बताए । ‘उनको रिपोर्ट पोजिटिभ आएपछि उनीसँगै आएका चार जनालाई समेत सम्पर्क गर्न खोजिएको छ,’ खानले भने, ‘उनीहरु सम्पर्कमा छन् ।’

अहिले जिल्ला सुरक्षा समितिको बैठक समेत बसिरहेको उनले बताए । उक्त बैठकबाट हुने निर्णय अनुसार नारायणी अस्पताल बिरगंजमा आइसोलेसन कक्षमा उपचारका लागि पठाउने तयारी गरिएको छ । ‘संक्रमित भएका व्यक्तिको स्वास्थ्य अवस्था अत्यन्त सामान्य छ,’ खानले भने, ‘ हेर्दा कोरोनाको कुनै पनि लक्षण अहिलेसम्म देखा परेको छैन ।’ रिपोर्ट आएपछि मात्र कोरोना भएको भन्ने कुरा बुझेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x