×

NIC ASIA

कामदार फिर्ता लैजान खाडीको दबाब : सरकारको बेवास्ता, स्वदेश फर्किन चाहन्छन् ७७% नेपाली

बैशाख ३, २०७७

Prabhu Bank
NTC
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

वैदेशिक रोजगारीमा गएका कामदार फिर्ता गर्न विभिन्न मुलुकले दिएको दबाबलाई नेपाल सरकारले बेवास्ता गरेको छ ।

अन्य मुलुकहरूले आफ्ना कामदार फिर्ता लैजाने प्रक्रिया अगाडि बढाए पनि नेपाल भने छलफलकै चरणमा छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको संक्रमणबाट जोगिन कुवेतले गैरकानुनी आप्रवासी कामदारलाई आममाफीमार्फत फिर्ता गर्न सूचना जारी गरेर आवेदन मागेको छ । 


Advertisment
Rupse Holidays
Nabil box

यूएई (युनाइटेड अरब इमिरेट्स)को मानव संसाधन तथा इमिरेटिजेसन मन्त्रालयले आप्रवासी कामदारलाई फिर्ता लैजान सम्बन्धित मुलुकलाई सूचित गरेको छ । माल्दिभ्सले बन्द भएका होटेलका आप्रवासी कामदारलाई निश्चित पारिश्रमिक र फिर्ता टिकटको समेत व्यवस्था गरिदिएको छ । 

Vianet communication

आममाफीसहित फिर्ता हुन आवेदन दिने कामदारलाई कुवेतले आफ्नै खर्चमा विमान चार्टर्ड गरी सम्बन्धित मुलुक पठाउने तयारी गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष सुजन केसीले बताए । कुवेतले कामदारलाई फेरि आउन पाउने गरी माफी दिएको उनले बताए ।

सामान्य अवस्थामा कुवेत सरकारले यस्तो खालको आममाफी दिँदैन । केसीका अनुसार कुवेतमा करिब ४ हजार गैरकानुनी नेपाली कामदार छन् भने ७० देखि ७२ हजार नेपाली श्रमिक छन् । जसमध्ये १० हजारभन्दा बढी कामदार नेपाल फर्किन इच्छुक छन् । 

कुवेतले १ देखि ३० अप्रिलसम्म आममाफीको घोषणा गरेको हो । पहिलो चरणमा १ देखि ५ तारिखसम्म फिलिपिन्सका गैरकानुनी कामदारलाई स्वदेश फर्किन फाराम भर्ने अवसर दिएको थियो ।

दोस्रो चरणमा इजिप्टका कामदारलाई यस्तो अवसर दिएको थियो । अहिले बंगलादेशका कामदारलाई फाराम भर्ने अवसर दिएको छ । अप्रिल २६ देखि ३० तारिखसम्म नेपालसहित अन्य मुलुकका कामदारले फाराम भर्न पाउनेछन् । स्वदेश फर्कन युएईका ५ हजार कामदारले दिए आवेदन

युएई सरकारले सम्बन्धित मुलुकहरूलाई आफ्ना कामदार फिर्ता लैजान आग्रह गरेको छ । बेतलबी बिदामा रहेका र घर फर्कन इच्छुक कामदारलाई फिर्ता लैजान उसको दबाब छ । फिर्ता नलैजाने मुलुकको श्रम सम्झौता पुनर्विचार गर्नेबारे युएईले अध्ययन गरिरहेको जनाएको छ । 

कतारस्थित गैरआवासीय नेपाली संघको अध्ययनअनुसारआइतबारसम्म युएईमा रहेका ५ हजारभन्दा बढी कामदारले स्वदेश फर्किन आवेदन दिएका छन् । संघका अध्यक्ष प्रकाश कोइरालाले आवेदन दिनेको संख्या बढ्दो रहेको बताए । आवेदन दिनेमध्ये ६० प्रतिशत दुबई, २४ प्रतिशत आबुधाबी र ९ प्रतिशत सारजाहमा रहेका कामदार छन् । संघले युएईको आबुधाबी, दुबई, सारजाह, अजमान, रसअल खेमा, फुजेरा र उम अल ब्वेन गरी सातैवटा प्रदेशमा अध्ययन गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

युएईमा रहेकामध्ये करीब ३६ प्रतिशत कामदार बेतलबी बिदामा छन् । २४ प्रतिशत कामदारले काम गर्दै छन् । २० प्रतिशत कामदारको रेसिडेन्स भिसा क्यान्सिल भएको छ । करीब ११ प्रतिशतको भिजिट भिसा सकिएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार युएईमा ३ लाख ५० हजार नेपाली श्रमिक छन् । गैरआवासीय नेपाली संघले भने ४ लाखको हाराहारीमा नेपाली श्रमिक रहेको जनाएको छ । 

माल्दिभ्सका पाँच हजार नेपाली कामदार नेपाल फर्किन इच्छुक

माल्दिभ्समा रहेका नेपाली कामदारमध्ये करीब ५ हजार स्वदेश फर्किन इच्छुक छन् । कोरोना भाइरसका कारण होटेलहरू बन्द भएपछि रोजगारदाताले आप्रवासी श्रमिकलाई तीनदेखि पाँच महिनासम्मको बिदा दिएको छ । केही रोजगारदाताले २५ प्रतिशत तथा केहीले ५० प्रतिशत बिदा अवधिको पारिश्रमिक दिएका छन् । यसका साथै माल्दिभ्स सरकारले आप्रवासी कामदारलाई निश्चित प्रतिशत पारिश्रमिकका साथमा फिर्ता टिकटसमेत दिएको जे मानोफारु रिसोर्टका सेफ मनोज पौडेलले बताए । उनका अनुसार माल्दिभ्समा करिब १५ हजार नेपाली कामदार छन् । ‘करीब ५ हजार नेपाली कामदारले रोजगारदाताबाट नेपाल फर्किने टिकटसमेत पाएका छन्,’ उनले भने ।

माल्दिभ्समा ४ हजार घरेलु कामदार छन् । सरकारले लकडाउन गरेपछि अधिकांश होटेलहरू बन्द भएका छन् । रोजगारदाताले १ अप्रिलदेखि प्योकजसहित बिदा दिएको पौडेलले बताए । तर माल्दिभ्समा नेपाली दूतावास र कुनै सरकारी प्रतिनिधि नभएका कारण कामदार अन्योलमा परेको उनले बताए । 

दूतावासलाई छैन चासो

कामदार फिर्ता गर्न सम्बन्धित मुलुकहरूले दबाब दिए पनि नेपाली दूतावासले भने चासो देखाएका छैनन् । कामदार फिर्ता गर्ने विषयमा दूतावासले कुनै तयारी समेत गरेको छैन । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले गैरकानुनी रूपमा रहेका नेपाली श्रमिकलाई फिर्ता पठाउने विषयमा सामान्य छलफल मात्रै भएको बताए । नेपालमा पनि लकडाउन भएकाले फिर्ता गर्न सहज नहुने उनको भनाइ छ । यद्यपि, नेपालको पालो आउन बाँकी रहेकाले दुवैतर्फ छलफल भइरहेको भण्डारीले बताए । त्यस्तै, युएईस्थित नेपाली दूतावासका राजदूूत कृष्णप्रसाद ढकालले युएई सरकारले गरेको निर्णयको औपचारिक जानकारी नभएको बताए । 

सम्बन्धित देशमा रहेका नेपाली दूतावास नेपाली श्रमिकको सम्पर्कमा रहनुपर्ने वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले बताए । ‘दूतावासले श्रमिकको अवस्थाबारे साप्ताहिक तथ्यांक तयार पार्नुपर्छ । श्रमिक अहिले जहाँ छन्, त्यहाँ नै सुरक्षित रहने व्यवस्था गर्नुपर्छ,’ उनले भने । लकडाउन खुलेपछि श्रमिक पहिलेकै रोजगारीमा स्थापित गराउन राजदूतावासले पहल गर्नुपर्ने गुरुङले बताए । सरकारलाई श्रमिकको विषयमा रिपोर्ट गरिरहेको पनि उनले बताए । ‘ठीक समयमा सरकारले उपयुक्त र व्यावहारिक निर्णय गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने । 

एनआरएनएको सर्वेक्षण : विदेशमा रहेका ७७ प्रतिशत नेपालीको स्वदेश फर्किने चाहना

विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गत आइतवारदेखि एनआरएनएले शुरू गरेको २४सै घन्टा हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको बताएका हुन् । त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रहसमेत गरेका छन् ।

हटलाइनमा प्राप्त सूचनाअनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् । यहाँ आएर अडकिएका ११ प्रतिशत एनआरएनले विदेश जाने आवश्यक प्रक्रिया मिलाइदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

८१ देशमा सञ्जाल फैलिएको एनआरएनएले कोरोना भाइरसका कारण विश्वभर रहेका नेपाली समस्यामा परेको जनाएको छ । रोजगारी र अध्ययनका सिलसिलामा ५० लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोन कलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको छ । त्यहाँ रहेका अधिकांश नेपालीको स्वदेश फर्किने चाहना छ । मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जान तयारी अवस्थामा छन् । 

शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिभावक धेरै चिन्तित छन् । तीमध्ये धेरैले विदेशमा रहेका छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसका लागि सहजीकरण गरिदिन संघसमक्ष आग्रह गरेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार भारतमा १५ लाख, चीनमा ८ हजार, जापानमा १ लाख, अमेरिकामा २ लाख, क्यानडामा १५ हजार, इटालीमा ५ हजार, जर्मनीमा १५ हजार, पोर्चुगलमा ५ हजार, फ्रान्समा ५ हजार, बेलायतमा १ लाख ५० हजार, ओमानमा १७ हजार, इराकमा १५ हजार, मलेसियामा ७ लाख, अस्ट्रेलिया १ लाख, स्पेनमा १५ हजार, बहराइनमा ३५ हजार, थाइल्यान्डमा ५ हजार, कुवेतमा ७० हजार, हङकङमा १५ हजार, सिंगापुरमा ५ हजार, दक्षिण कोरियामा ४२ हजार, इजरायलमा १२ हजार, नर्वेमा १ हजार, अस्ट्रियामा १५ सय, स्विडेनमा १ हजार, इरानमा २५ जना रहेको औपचारिक तथ्यांक छ । अनौपचारिक रूपमा धेरै नेपाली विदेशमा रहेकाले यकिन तथ्यांक निकाल्न मुस्किल रहेको शर्माले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x