×

NIC ASIA

कोरोना खोज्न र्‍यापिड टेस्ट किट कति विश्वसनीय ? यस्तो छ सरकारी चिकित्सकको राय

बैशाख ३, २०७७

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोरोना संक्रमण भए/नभएको जाँच गर्न सरकारले र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) लाई प्राथमिकता दिएको छ ।

आरडीटी साधारण परीक्षण विधि हो । यसका लागि छुट्टै प्रयोगशाला आवश्यक पर्दैन । थोरै अवधिको तालिम लिएका व्यक्तिले पनि यसको परीक्षण गर्न सक्छन् । फिल्डमा परीक्षण गर्न यो विधि बढी प्रचलित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो र्‍यापिड किटलाई विदेशबाट आएका धेरै व्यक्तिमा परीक्षण गरिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

‘जो बाहिरबाट आउनुभएको छ । क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँहरूमा परीक्षण गर्ने नीति लिएका छौं,’ उनले भने । क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या मंगलवारसम्म ५ हजार ७ सय ७१ छ ।

Vianet communication

७७ जिल्लामध्ये धेरैजसोमा आरडीटी विधिबाट परीक्षण शुरू भइसकेको छ । २१ जिल्लामा मात्र यो विधिबाट परीक्षण बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

आरडीटी विधिबाट ६ हजार ६ सय ७ वटाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ सय १६ वटा यही विधिबाट परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताए । ‘यो विधिबाट गरिएको परीक्षणका क्रममा विभिन्न ठाउँका केस पोजिटिभ आएको जानकारी प्राप्त भएका छन्,’ उनले भने ।

यो विधिबाट १५ मिनेटमै पनि परीक्षण गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । उनले भनिन्, ‘प्रयोगशाला परीक्षण वा कुनै पनि परीक्षण आफैंमा पूर्ण हुँदैन । बिरामीको अवस्था र अन्य परीक्षणसँग मिलाएर विश्लेषण गर्नुपर्ने हुन्छ ।’

संक्रमितको यात्रा गरेको विवरण, लक्षण, सीटी स्क्यानको रिपोर्ट, पीसीआरको नतिजा, एन्टिबडीको अवस्थालाई हेरेर विश्लेषण गर्नुपर्ने डा. झाको भनाइ छ ।

पीसीआर नै भरपर्दो

घाँटीमा रहेको खकारको पोलिमर्स चेन रियाक्सनबाट परीक्षण गर्ने विधि हो पीसीआर । प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार कोरोना भाइरस भए/नभएको परीक्षण गर्ने विश्वस्तरीय विधि नै पीसीआर हो । यो जटिल र लामो प्रक्रिया हो ।

यस विधिबाट गरिने परीक्षणका लागि विभिन्न मुलुकले मापदण्ड बनाएका छन् । निश्चित मापदण्ड बनाएर पीसीआर गरिन्छ । यसको परीक्षण गरी रिपोर्ट दिन २४ देखि ७२ घण्टा लाग्ने गरेको डा. झाले बताइन् । उनले भनिन्,

‘एकैचोटि नतिजा नआउने र जिनको पटक–पटक परीक्षण गर्नुपर्ने अवस्था पनि सिर्जना हुने भएकाले यति नै समयमा परीक्षण गरिसक्छौं भन्न कठिन हुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यसमा संक्रमितको नमुनाका रूपमा संकलन गरिने स्वाबमा भाइरसको जिनको टुक्राको यकिन गरिन्छ । उनका अनुसार भाइरसको वंशाणुगत अंश (जेनेटिक मटेरियल) छ कि छैन भन्ने परीक्षण हुन्छ । त्यो नमुनामा जिनको टुक्रा छ भने त्यस ठाउँमा भाइरस पनि बसेको रहेछ भने प्रमाणित हुन्छ ।

पीसीआरबाट ६ हजार २ सय ९९ को परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा नयाँ ५ सय ८४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

नमुना लिएको समयमा सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ/छैन यकिन गर्न यो विधि विश्वभर प्रचलित भएको डा. झाले बताइन् । भाइरस भेटिएको अवस्थामा संक्रमण रहेको पुष्टि हुन्छ । ‘एक जना व्यक्तिमा संक्रमण भइसकेपछि भाइरस कति दिनसम्म शरीरमा रहन्छ । त्यो व्यक्तिपिच्छे फरक हुन सक्छ,’ उनले भनिन् ।

रोग प्रतिरोधात्मक शक्तिका आधारमा कतिपयमा चाँडै भाइरस पहिचान हुन सक्ने उनले बताइन् । डा. झाले भनिन्, ‘कुनै व्यक्तिमा ३ देखि ४ सातासम्म यो भाइरस शरीरमा रहन सक्ने हुन्छ ।’

यो विधिबाट गरिने परीक्षणमा आरडीटीभन्दा धेरै समय लाग्छ । प्रयोगशालाको बनावट पनि विशेष खालको निर्माण गर्नुपर्छ । परीक्षण गर्ने व्यक्ति पनि विशेष तालिमप्राप्त विज्ञ हुनुपर्ने उनले बताइन् । डा. झाले भनिन्, ‘पीसीआरमा साधारणतया भाइरसका लागि २ वा ३ वटा जिन हेर्ने कोसिस गर्छौं ।’ भाइरसको पूरै जिन परीक्षणका लागि जिन सिक्वेन्सी हो । अर्को विधि भाइरस कल्चर हो ।

कोरोना भाइरस देखा परेपछि नै विश्वका विभिन्न वैज्ञानिकले परीक्षणका विभिन्न विधिबारे अनुसन्धान जारी राखेका छन् । भाइरससँग लड्नका लागि शरीरले बनाउने एन्टिबडी पनि परीक्षण गरी कोरोना पत्ता लगाउन सकिने सम्बन्धी नयाँ विधिको विकास भइरहेको डा. झाले बताइन् ।

रोग लागिसकेपछि सामान्यतः ३ देखि ५ दिनपछि र कसैको शरीरमा १ सातापछि पनि कोरोना भाइरसको लक्षण देखिन सक्छ ।

संक्रमितमा २ प्रकारको एन्टिबडी

कोरोना संक्रमित व्यक्तिको शरीरमा शुरूमा भाइरस मात्र भेटिन्छ । १ सातापछि आईजीएम र २ सातापछि आईजीजी एन्टिबडी भेटिन सक्ने निर्देशक डा. झाले मंगलवारको प्रेस ब्रिफिङमा जानकारी दिइन् ।

डा. झाका अनुसार कोरोना संक्रमित व्यक्तिको शरीरले २ किसिमको एन्टिबडी बनाउँछ । शुरूमा आईजीएम बनाउँछ । त्यसपछिको एन्टिबडी आईजीजी हो । रोग लागेपछि सामान्यतः तीनदेखि पाँच दिन (व्यक्तिपिच्छे फरक हुन सक्छ) पछि शरीरमा देखिन थाल्छ । कसैको शरीरमा १ सातापछि पनि देखिन सक्छ । ‘आईजीएम झन्डै २–३ साता शरीरमा रहन सक्छ,’ उनले भनिन् ।

संक्रमितको शरीरमा १ महिनापछि भाइरस नेगेटिभ हुने सम्भावना हुन्छ । आईजीएम पनि नेगेटिभ भेटिन सक्ने डा. झाको भनाइ छ । उनले थपिन्, ‘शुरूका दिनमा पीसीआर मात्र पोजिटिभ आउन सक्छ । एन्टिबडीका लागि गरिने परीक्षण नेगेटिभ हुन्छ । परीक्षण गरेको हप्ता–दस दिनपछि पीसीआर पनि नेगेटिभ आउने र एन्टिबडी पनि पोजिटिभ आउने हुन सक्छ ।’

रोग लागेको २ हप्तापछि आईजीजी भन्ने अर्को एन्टिबडी शरीरमा बन्न थाल्छ । यो एन्टिबडी शरीरमा महिनौंसम्म रहन सक्ने डा. झाको भनाइ छ । ‘आईजीजी धेरै लामो समय रहन सक्छ । अरू रोगबाट यही अनुभव लिएका छौं,’ डा. झाले भनिन् । भाइरसजन्य रोगहरू डेंगु, हेपाटाइटिस, एचआईभीको पनि पहिचान एन्टिबडी परीक्षणको माध्यमबाट हुने गरेको छ ।

एन्टिबडी परीक्षण गर्ने विभिन्न विधिमध्ये एलाइजा हो । अर्को र्‍यापिड टेस्ट हो । एलाइजा परीक्षण पनि नेपालमै हुने गरेको छ । यसबाहेक एन्टिबडी परीक्षणमा सजिलो विधिका रूपमा र्‍यापिड किट हो । नेपालसहित अमेरिका, अस्ट्रेलिया, भारतलगायत मुलुकमा र्‍यापिड किटबाट परीक्षण भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x